'नायक अब्दुल्लाह अल्मुताइरी'

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 2686 पटक हेरिएको

हाइलाइट्स

  • नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माइन्ड गेमपनि निकै खेलेका थिए ।

नेपाली फुटबल टिमका लागि मिनि विश्वकपका रुपमा रहेको साफ च्याम्पियनसिपमा नेपालले नयाँ इतिहास बनाएको छ । यसअघि ६ पटक सेमिफाइनलमा पुगेर फाइनलमा स्थान बनाउन नसकेको नेपालले सातौं पटकको अवसरपनि अन्तिम समयमा ढुकढुक गरेर फाइनलमा पुग्न सफल भयो ।  

तीन महिना अगाडी देखि साफको तयारीमा जुटेको नेपाली टिमले साफका लागि नै भनेर घरेलु मैदानमा भारतसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो भने करिव तीन साता कतारमा क्याम्प राखेको थियो । त्यहाँपनि उसले दुई मैत्रीपुर्ण खेल खेल्दा कतारी क्लवसँग जित निकाल्दा बलियो टिम ओमानसँग हार्न पुगेको थियो । 

त्यसपछि साफका लागि माल्दिभ्स पुगेको नेपाली टिमले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न सफल भयो । पहिलो खेलमा नै साविक विजेता माल्दिभ्सलाई एक शुन्यले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई दुई एकले पराजित गर्यो । 

लगातार दुई खेलमा जित निकालेपछि नेपालका लागि फाइनलमा पुग्न भारतविरुद्ध बराबरी खेलेपनि हुने अवस्था थियो । त्यो खेलमा नेपाल अन्तिममा गोल खाँदा फाइनल पुग्नका लागि अन्तिम खेल कुर्नुपर्ने भयो । 

हुन त यो पटक नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माइन्ड गेमपनि निकै खेलेका थिए । पहिलो खेलमा माल्दिभ्सलाई हराएपछि उनले श्रीलंकाविरुद्ध टिम सम्हालिएर खेल्ने बताएका थिए ।

त्यसपछि भारतविरुद्धको खेलमा उनले ९५ प्रतिशत हार्नसक्ने बताएका थिए । हुनपनि नतिजा त्यस्तै भयो । तर त्यो उनको रणनितीक चाल भएपनि नेपालले बहादुरी पुर्ण खेलेको थियो । 

अब नेपाललाई लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा राकेपनि पहिलो पटक फाइनलमा पुग्ने मौका थियो । त्यसका लागि नेपाली टिम मानसिक रुपमा तयार भएपछि खेलको सुरुवातमा टिमको कम्बिनेसन खाँसै चुस्त देखिएन । जसका कारण बंगलादेशले नबौं मिनेटमा नै गोल खान पुग्यो ।

नेपाली टिमका लागि यो पटकको साफ अरु संस्करणको तुलनामा फाइनलमा पुग्नका लागि सहज अवस्था आएको थियो । तर महत्वपुर्ण खेलको अन्तिम समयसम्मपनि ढुकढुक हुने अवस्थामा नेपालले खेलेको थियो । बंगलादेशविरुद्ध नेपाली टिमलाई बराबरी गर्ने धेरै अवसर आएपनि त्यसलाई सदुपयोग गर्न सकेन । जसका कारण नेपालले साफको फाइनलमा पुग्नका लागि फेरी कति बर्ष कुर्नुपर्ने हो भन्ने धेरैको मनमा भावना आइसकेको थियो होला । 

तर बंगलादेशले जुन किसिमको फिजिकल खेल खेलिरहेको थियो, त्यसैले उसलाई ब्याकफायर गर्यो र नेपालले अन्तिममा आएर नयाँ इतिहास बनायो । यो इतिहासमा नायक खेलाडी त छदैंछन, त्यसमा पनि मेरुदण्ड भएर लागेको अब्दुल्लाह अल्मुताइरी सबैको हिरो भएका छन । जुन उनले गरेको कामले स्वभाविक पनि हो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey