Mega Bank

साफ च्याम्पियनसिप नै मेरो नेपालका लागि अन्तिम प्रतियोगिता हुनेछ-अब्दुल्लाह

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 2067 पटक हेरिएको

हाइलाइट्स

  • बंगलादेशसँग एक एक गोलको बराबरी खेलेर पहिलो पटक फाइनलमा पुगेपछिको पत्रकार सम्मेलनमा बोल्दै साफ च्याम्पियनसिप पछि आफुले नेपाल टिम छोड्ने बताएका छन । 

नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप नै नेपालका लागि अन्तिम प्रतियोगिता हुने बताएका छन ।

उनले बंगलादेशसँग एक एक गोलको बराबरी खेलेर पहिलो पटक फाइनलमा पुगेपछिको पत्रकार सम्मेलनमा बोल्दै साफ च्याम्पियनसिप पछि आफुले नेपाल टिम छोड्ने बताएका छन । 

उनले पत्रकार सम्मेलनमा अन्तिम तीन दिनदेखि आफु मानसिक तनावमा भएको र नेपाली एक मिडियाले आफुलाई नकारात्मक देखाउन खोजेको भन्दै आक्रोष पोखेका थिए ।

साथै उनले नेपालले फिक्सिङ गरेको भन्नेसम्मको कुरा लेखेको बिषयमा उनी पत्रकारसम्मेलनमा नै आक्रोषित भएका थिए । उनले भने-'हामी पनि मानिस हौं । हाम्रो पनि परिवार छ । म यहाँ तपाईहरुलाई सोध्छु, के तपाईंहरु अन्य मान्छेले म्याच फिक्सिङ गर्यो लेख्दा खुसी हुनुहुन्छ ? मलाई मेरो ११ वर्षको छोराले यसबारे सोध्यो । मैले उसलाई के जवाफ दिनु ? यो राम्रो पत्रकारिता भएन ।'

उनले काठमाडौंमा भएको पत्रकार सम्मेलनमा आफुले बोलेको कुरा पुरा भएको र अब साफपछि टिमबाट बाहिरीने निर्णय गरेको बताए । 

हेराै‌ पत्रकार सम्मेलनमा अब्दुल्लाहले गरेकाे निर्णय

 

भर्खरै

Advertisement