टी-२० विश्वकपका लागि भारतीय टिममा एक परिवर्तन, नयाँ जर्सी सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 859 पटक हेरिएको

आसन्न टी-२० विश्वकपका लागि भारतीय टिममा एक खेलाडी परिवर्तन गरिएको छ । आइपीएलमा राम्रो प्रदर्शन गरेका सारदुल ठाकुरले अक्सर पटेलको स्थान लिएका छन । 

यसका साथै भारतीय टिमले टी-२० विश्वकपकप लागि नयाँ जर्सीपनि सार्वजनिक गरेको छ ।

अक्टोबर २४ मा पाकिस्तान विरुद्धको खेलबाट प्रतियोगिताको यात्रा सुरु गर्ने भारतले सन् १९९२ को विश्वकपमा लगाएको जर्सीको झझल्को आउने नयाँ जर्सी सार्वजनिक गरेको हो । 

नयाँ जर्सी नेवी ब्लु रंगको रहेको छ । बीसीसीआईले यो जर्सीलाई बिलियन चियर्स जर्सी नाम दिएको छ । 

१७ अक्टोबरबाट १४ नोभेम्बरसम्म हुने टी-२० विश्वकपका छनोट चरणका खेलहरु समेत मिलाएर कुल ४५ खेलहुनेछन । जसमा सुपर १२ मा ३० खेल खेलिनेछन । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey