Mega Bank

लंका प्रिमियर लिग डिसेम्बर ५ बाट हुने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 173 पटक हेरिएको

हाइलाइट्स

  • कोलम्बोमा प्रतियोगिताको उद्घाटन खेल हुनेछ । जसमा अघिल्लो संस्करणको फाइनलिस्ट गाले ग्लाडियटर्स र नाम परिवर्तन गरिएको टिम जाफ्ना किंग्सविच हुनेछ ।

लंका प्रिमियर लिगको २०२१ को संस्करण डिसेम्बर ५ बाट सुरु हुने भएको छ । जसका फाइनल खेल डिसेम्बर २३ मा हुनेछ । 

कोलम्बोमा प्रतियोगिताको उद्घाटन खेल हुनेछ । जसमा अघिल्लो संस्करणको फाइनलिस्ट गाले ग्लाडियटर्स र नाम परिवर्तन गरिएको टिम जाफ्ना किंग्सविच हुनेछ । प्रतियोगिताको फाइनल हम्बनटोटामा हुनेछ । 

प्रतियोगिताको पहिलो चरणमा २० खेल हुनेछन । जसमा पहिलो चरणका खेलहरु कोलम्बो र आरपीआइसीएसमा हुनेछन ।

त्यसपछि बाँकी खेलहरु हम्बनटोटा र एमआरआइसीएसमा हुनेछन । 

इन्डियन प्रिमियर लिगको फरम्याटमा हुने प्रतियोगितामा क्वालिफायर्स र इलिमिनेटर्स हुनेछन । प्रतियोगितामा फाइनल अगाडी रेष्ट डे राखिएको छ । 

यो संस्करणमा ७४ विदेशी खेलाडीले ड्राफ्टमा नाम दर्ता गराएका छन । जमसा इमरान ताहिज, माहम्मद आमिर, क्रिस गेल, आन्द्रे रसेल, डाविड मलान, फाफ डु प्लिसिस रहेका छन । 

प्रतियोगितामा कुल दुई सय २५ जना खेलाडी ड्राफ्टबाट छानिनेछन । जसमा पाँच टिमले हरेक टिममा २० खेलाडी लिनुपर्नेछ । 

भर्खरै

Advertisement