Mega Bank

आइपीएलमा दुई नयाँ टिमकाे टेन्डरका लागि बीसीसीआईले मिती लम्ब्यायो

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 146 पटक हेरिएको

हाइलाइट्स

  • आइपीएलमा दुई नयाँ टिम थप्ने टेन्डरका लागि बीसीसीआईले मिती लम्ब्यायो

भारतीय क्रिकेट बोर्डले इन्डियन प्रिमियर लिगका लागि दुई नयाँ टिम खरिदका लागि टेन्डरको डकुमेन्ट बुझाउने मिती लम्ब्याएको छ ।

यसअघि बीसीसीआईले अक्टोबर १० सम्मका लागि नयाँ टिम खरिदको टेन्डर डकुमेन्ट बुझाउने मिती राखेपनि अब त्यो बढाएर अक्टोबर २० मा पुर्याएको छ । 

अगष्ट ३१ मा आइपीएलको गर्भनिङ काउन्सिलले टेन्डरको डकुमेन्ट र १० लाख रुपैयाँ फिर्ता नहुनेगरेर डिपोजिट गर्नुपर्ने भनेर अक्टोबर १० सम्मका लागि मिती तोकेको थियो । 

तर अब यो मिती थप १० दिनका लागि लम्ब्याइएको छ । हाल आइपीएलमा ८ टिमको प्रतिस्पर्धा भएको छ भने २०२२ बाट सो टिमलाई बढाएर १० पुर्याइने भएको छ ।

त्यसका लागि बीसीसीआईले अहमदावाद, लखनउ र पुणेमध्येबाट आउने संभावना रहेको छ । 

भर्खरै

Advertisement