Mega Bank

वार्नर हैदरावाद टिम छोड्ने मनसायमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 198 पटक हेरिएको

अष्ट्रेलियन आक्रामक ब्याट्सम्यान डेविड वार्नरले अर्को सिजनमा सनराइजर्स हैदरावादमा नरहने संभावना रहेको बताएका छन । उनले हैदरावादबाट नै अर्को सिजन खेल्ने इच्छा भएपछि तर त्यो कठिन रहेको बताएका छन । 

यो सिजनको आइपीएलमा अन्तिम पाँच खेलमा उनलाई बेन्चमा राखिएको थियो । प्रतियोगितामा नराम्रो प्रदर्शन गरेपछि टिमले उनलाई विचमा नै कप्तानबाट हटाएको थियो । जसमा टिमका कप्तानी केन विलियम्सनले सम्हालेका थिए । 

सन् २०१६ देखि टिमको कप्तानी गरिरहेका वार्नरलाई अचानक हटाउँदा केहि खल्लो महसुस गरेका वार्नरले यूएईमा भएको दोस्रो चरणको आइपीएलमा मात्र दुई खेल खेल्न पाएका थिए । 

त्यसपछि उनको र टिम ब्यवस्थापन बिच केहि समस्या भएको हुनसक्ने अनुमान गरिएको छ । वार्नरले हैदरावादबाट खेल्दा चार हजार भन्दा बढि रन बनाएका छन । उनले आठ सिजन हैदरावादबाट नै खेलेका छन । 

उनले आफ्नो सोसियल मिडियामा नै हैदरावादका लागि यो अन्तिम सिजन भएको भन्ने संकेतका साथ भनाई राखेका छन । 

भर्खरै

Advertisement