Mega Bank

साफमा नेपाललाई नयाँ इतिहास बनाउने अवसर

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 359 पटक हेरिएको

हाइलाइट्स

  • यो खेलमा नेपाल पराजित भएको खण्डमा समिकरण निकै फरक हुनेछ । अब लिग चरणको अन्तिम खेलमा नेपालले फाइनलमा पुग्नका लागि कम्तिमा एक अंक हासिल गरे हुनेछ ।

नेपाली फुटबल टिमका लागि आज साँझको बंगलादेशविरुद्धको खेलबाट नयाँ इतिहास बनाउने सुनौलो अवसर हुनेछ । बंगलादेशविरुद्धको खेलमा बराबरी खेलेपनि पहिलो पटक फाइनलमा पुग्ने नेपाली टिमको यो खेल गर या मरको अवस्थामा रहेको छ ।

माल्दिभ्सको माले रंगशालामा नेपालले बंगलादेशसँग साँझ पाँने पाँच बजे खेल्नेछ । 

यदि यो खेलमा नेपाल पराजित भएको खण्डमा समिकरण निकै फरक हुनेछ । अब लिग चरणको अन्तिम खेलमा नेपालले फाइनलमा पुग्नका लागि कम्तिमा एक अंक हासिल गरे हुनेछ ।

साफको इतिहासमा अहिलेसम्म सेमिफाइनल भन्दा अगाडी बढ्न नसकेको नेपाली टिमले बदलिदो रणनितीका साथ मैदानमा उत्रने संभावना छ । हाल तीन खेलमा ६ अंक बोकेको नेपालले अहिलेको जस्तो सहज अवस्था निकै कम मिलेको थियो । 

परिवर्तित नेपाली टिमले अन्तिम खेलमा बंगलादेशलाई बराबरी खेलेको खण्डमा र माल्दिभ्सले भारतविरुद्ध अंक खोस्न सकेको खण्डमा यो प्रतियोगिताको सर्वाधिक सफल टिम भारत लिग चरणबाट नै बाहिरीनेछ ।

यसको अर्थ फाइनलमा नेपाल र माल्दिभ्स भिड्नेछन । तीन खेलमा पाँच अंक बोकेको भारतलाई जितको विकल्प छैन । यदि बराबरी खेलेको खण्डमा पनि उसको फाइनल पुग्ने आशा तुहिइनेछ । 

बंगलादेशसँग नेपालको हेड टु हेडको कुरा गर्दा अहिलेसम्म २५ पटक यी दुई टिमभ खेलेका छन । जसमा आठ खेलमा नेपालले जितेको छ भने १४ खेल हारेको छ । पाँच खेल बराबरी भएका छन । यतिमात्र होइन, नेपालले बंगलादेशविरुद्ध २० गोल गर्दा ३३ गोल खाएको छ । 

यी दुई टिमविच भएका पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ भने एक खेल हारेको छ र एक बराबरी भएको छ । पछिल्लो पटक यी दुई टिम नेपालका नै भएको थ्रीनेशन्स कपमा खेलेका थिए । जसमा नेपालले दुई एकको जित निकालेको थियो । 

यसपटक बंगलादेश त्यो खेलको हारको बदला लिएर साफको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । 

लिग चरणको अन्तिम खेलमा फाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्नेछ । जसका लागि चार टिमको प्रतिस्पर्धा रहेको छ । जसमा नेपालसहित माल्दिभ्स, भारत र बंगलादेश होडमा रहेका छन । 

नेपाल र बंगलादेशबिचकाे खेलकाे भिडियाे प्रिभ्यु

भर्खरै

Advertisement