न्युजिल्याण्डसँगको सिरिज अगाडि भारतीय टिमले नयाँ प्रशिक्षक पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२६
  • |
  • 1967 पटक हेरिएको

हाइलाइट्स

  • साताको अन्तिमसम्ममा नयाँ प्रशिक्षकका लागि आवेदन खोलिनेछ । यसका लागि बीसीसीआईले प्रशिक्षकका लागि मापदण्ड बनाइसकेको छ ।

टी २० विश्वकपपछि हालका मुख्य प्रशिक्षक रबी शास्त्रीको कार्यकाल समाप्त हुनेछ । त्यसपछि भारतीय टिमको नयाँ प्रशिक्षक को हुन्छ भन्ने कौतुहल सबैलाई पर्न थालेको छ । यस्तैमा भारतीय क्रिकेट बोर्डले नयाँ प्रशिक्षक र सपोर्ट स्टाफको पदका लािग यो साता नै आवेदन खुलाउने तयारी गरेको छ । 

यो साताको अन्तिमसम्ममा नयाँ प्रशिक्षकका लागि आवेदन खोलिनेछ । यसका लागि बीसीसीआईले प्रशिक्षकका लागि मापदण्ड बनाइसकेको छ ।

जसका कारण नोभम्बरमा हुने न्युजिल्याण्डसँगको सिरिज अगाडि भारतीय क्रिकेट टिमको नयाँ प्रशिक्षक तोकिने भएको छ । 

टी २० विश्वकपपछि न्युजिल्याण्डको टिम भारत भ्रमणमा आउनेछ । जसमा १७ नोभेम्बर देखि सात डिसेम्बरसम्म भारतसँग सिरिज खेल्नेछ । अब नयाँ प्रशिक्षकका लागि को आउला भन्ने ठूलो कौतुहल बढेको छ ।

नयाँ प्रशिक्षकका लागि अनिल कुंबले, राहुल द्रविड, भीभीएस लक्ष्मण र टम मुडीको चर्चा हुन थालेको छ । 

धेरै समर्थक द्रविडलाई भारतीय टिमको नयाँ प्रशिक्षकका रुपमा हेर्न चाहन्छन, तर उनी यो भूमीकाका लागि अझै तयार नभएको बताइसकेका छन । 
यस्तैमा अनील कुंबले र लक्ष्मणको नाम सिफारिस हुनसक्ने संभावना बताइएको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey