Mega Bank

एनआरएनए स्पोर्टस एकेडेमीद्वारा खेलाडी सम्मान, केल्मीसँग सम्झौता

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-२५
  • |
  • 139 पटक हेरिएको

गैर आवसीय नेपाली संघको स्पोर्टस एकेडेमीले टोकियो ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

सोमबार गौरआवसीय नेपाली दिवसको अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडीलाई सम्मान गरेको हो । 

टोकियो ओलम्पिकमा चार खेलका पाँच खेलाडीले सहभागिता जनाएका थिए । यस्तै पारालिम्पिकमा एकमात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबद्र्धनले भाग लिएकी थिएन । ६ वटै खेलाडीलाई एक कार्यक्रमका विच सम्मान गरेको हो । 

यसका साथै सो एकेडेमीले चेपाङ बस्तीका तेक्वान्दो खेलाडीलाई राहत स्वरुप एक लाख ५० हजार रुपैयाँ राहत वितरण गरेको छ ।

एमएमए खेलाडी रविन्द्र ढांट क्षेत्रीलाई भारतमा सम्पन्न एमएमए प्रतियोगितामा सहभागिताका लागि आर्थिक सहयोग र उक्त प्रतियोगितामा जित निकालेको खण्डमा एमएमए कटि दिएर सम्मान गरिने छ । 

यस्तै कोभिड १९ को दोस्रो लहरका कारण चरम आर्थिक संकट भोगिरहेका २५ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई राहत वितरण गरिएको छ ।

साथै गैरआवसीय खेलुकदको प्रबद्र्धनका लागि गौरआवासीय नेपाली खेलकुद प्रतिष्ठान र केल्मीविच सम्झौतापनि भएको छ । 

भर्खरै

Advertisement