दिल्लीविरुद्ध समूह चरणको हारको बदला लिँदै चेन्नाई आईपीएलको फाइनलमा 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-२४
  • |
  • 942 पटक हेरिएको

दिल्लीविरुद्ध समूह चरणको हारको बदल लिँदै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

समूह चरणमा दिल्ली दुई पटक नै चेन्नाई विरुद्ध जित दर्ता गर्न सफल भएको थियो ।

समूह चरणको खेल पछि शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नाई फाइनल प्रवेशका लागि पहिलो क्वालीफायरमा भिडेका थिए ।

दिल्लीले दिएको १७३ रनको लक्ष्य पछ्याएको चेन्नाईले उत्कृष्ट प्रदर्शन गर्दै ६  विकेट गुमाएर २ बल बाँकी छदा पुरा गरेको थियो । ४ विकेटको जितसँगै चेन्नाई फाइनलमा प्रवेश गर्न पनि सफल भयो ।

चेन्नाईलाई जिताउनका लागि ऋतुराज गायकवाड र रविन उथप्पाको प्रदर्शन उत्कृष्ट रह्यो ।
चेन्नाईको शुरुआत भने राम्रो रहेन । फाफ डु प्लेसिस जम्मा १ रन बनाएर आउट भएका थिए ।

त्यसपछि गायकवाड र उथप्पाले चेन्नाईको पारि सम्हालेका थिए । यी दुईले ११० रनको साझेदारी गर्दै बलियो अवस्थामा पु¥याएका थिए । ११३ रन भएका बेला उथप्पालाई टम कुरानले आउट गर्दै साझेदारी तोडेका थिए । उथप्पाले ४४ बल खेल्दा २ छक्का र ७ चौका प्रहार गरे ।

सार्दुल ठाकुर खाता नै नखोली आउट हुँदा चेन्नाईले ११७ रनमा तेस्रो विकेट गुमाउन पुग्यो । अम्बाती रायडू १ रन जोडेर रनआउट भएपछि चेन्नाई दबावमा आएको थियो । ऋतिराज गायकबाड अर्धशतकसहित ७० रन बनाएर आउट चेन्नाईको स्कोर ५–१४९ रहेको थियो ।

मोइन अलिले १६ रन जोडेर आउट हुँदा छैटौं विकेट पतन भएको थियो । अन्तिममा कप्तान महेन्द्रसिंह धोनीले ६ बलमा १८ रनको नटआउट पारि खेलेपछि २ बल बाँकी छँदै चेन्नाई ४ विकेटको जित दर्ता गर्न सफल भयो । यो जितसँगै समूह चरण्मा हारेको बदला पनि चेन्नाइले लिएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal