राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई मन्त्री गुरुङको आग्रह

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२३
  • |
  • 741 पटक हेरिएको

हाइलाइट्स

  • नवौँ राष्ट्रिय खेलकुद यही वर्ष आगामी फागुनमा आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्को तयारी छ ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेशमा यसै वर्ष आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई आग्रह गरेका छन् ।

कास्की जिल्ला बक्सिङ सङ्घको नवनिर्वाचित पदाधिकारीको आज पदस्थापन कार्यक्रममा उनले राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले खेल सङ्घहरुको तयारीका लागि बजेट विनियोजन गरेकाले तयारी सुरु गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले तयारीका लागि रु ५० लाख बजेट विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिए ।

नवौँ राष्ट्रिय खेलकुद यही वर्ष आगामी फागुनमा आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्को तयारी छ । गत वर्ष फागुन अन्तिम साता प्रतियोगिताको मिति तोकिएकामा कोभिड–१९ का कारण स्थगन गरिएको थियो ।

खेलकुदमन्त्री गुरुङले खेलकुदभित्र राजनीतिकरण गर्न नहुनेमा जोड दिए । उनले भने, “खेलकुदभित्र राजनीतिकरण हुनुहुँदैन, सबै अट्नुपर्दछ ।” प्रदेशका सबै जिल्लामा फुटबलबाहेक अन्य खेलको अवस्था दयनीय भएको उल्लेख गर्दै अन्य खेलको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रदेशमा केवल सात-आठवटा खेलको मात्रै प्रशिक्षक रहेकाले अब तत्कालै पदक जित्ने खेललाई प्राथमिकतामा राखेर प्रशिक्षक व्यवस्था गरिने बताए ।

सङ्घका अध्यक्ष सुमन श्रेष्ठले प्रशिक्षकसँगै प्रशिक्षणको लागि ग्लोब्स, हेडगार्ड, किक ब्याग, पन्चिङ ब्यागलगायतका सामान आवश्यक रहेको बताए । गण्डकी प्रदेशको ११वटै जिल्लामा प्रशिक्षक नभएकाले तत्कालै प्रशिक्षण सुरु गर्न अप्ठ्यारो रहेको बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal