सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताः डोटी च्याम्यिन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२३
  • |
  • 1153 पटक हेरिएको

धनगढीमा आयोजना गरिएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट सजिलै २५–१३ ले जित्यो । त्यस्तै तेस्रो सेटमा १७–१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५–२१ ले जित्दै च्याम्पीयन भएको हो । 

उपाधिसँगै डोटीले नगद एक लाख सहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजार सहित ट्रफीमा चित्त बुझाएको छ । यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले २५÷२५ हजार नगद सहित ट्रफी पाएका छन् । विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु भए । त्यसैगरी कञ्चनपुरका सन्तोष महत्ता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरवहादुर विक उत्कृष्ट स्पाईकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक भए । 

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोह बीच पुरस्कार वितरण गरिएको । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको समापन समारोहका सभापति परिषदका सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लालवहादुर खड्का र विशिष्ठ अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी रहेका थिए । 

सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमहरूको सहभागिता रहेको थियो । सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने भएको । ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey