Mega Bank

ईपीएलको फाइनल अघि दुवै कप्तानको भनाई [भिडियाे]

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-२२
  • |
  • 305 पटक हेरिएको

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको फाइनल खेल शनिबार हुँदै छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोज आमने सामने हुने छन् ।

पोखरा पहिलो क्वालीफायरमा जित निकाल्दै फाइनलमा पुगेको हो भने पोखरालो दोस्रो क्वालीफायरमा भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

कीर्तिपुरमा आज भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले लिग चरणको खेललाई विर्सिएर फाइनलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

चितवनका कप्तान सोमपाल कामीले उपाधि जित्दै अपराजित रहेको प्रमाणित गर्ने बेला आएको बताएका छन् ।

अहिलेसम्म राम्रो प्रदर्शन गरेकाले खेलाडीहरुमा पनि आत्मविश्वास बढेको बताए ।

पोखराका कप्तान विनोद भण्डारीले भोलिको खेलमा जसले राम्रो खेल्छ उसैले उपाधि जित्ने टिप्पणी गरे ।

दुवै टिम राम्रो रहेको बताउँदै समूह चरणमा यस्तो उस्तो भन्दा पनि फाइनल खेल जित्नका लागि मैदान उत्रने उल्लेख गरे ।

हेरौं यो भिडियो ।

भर्खरै

Advertisement