पूर्व कप्तान अनिल स्वस्तिश्री गुरुकुलको ब्रान्ड एम्वासडर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२०
  • |
  • 1492 पटक हेरिएको

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्वासडर बनेका छन् । 

अनिललाई बुधबार स्कुलले फुटबलको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । सम्झौतामा स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता दीर्घकालीन रहेको छ । 

सम्झौतापछि अनिलले खेलाडीलाई दिएको यो प्लेट फर्म र स्वस्तिश्री गुरुकुलसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै आफ्नो तर्फबाट राम्रो गर्ने बताए । 

स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले ब्रान्ड एम्वासडर बनेका अनिललाई स्कुलमा स्वागत गर्दै फुटबलको हितमा यो कोसेढुंगा सावित हुने बताए ।

यस्तै अध्यक्ष चित्रकारले यहाँ फुटबलसँगै फुटसल, बास्केटबल, स्वीमिङ र टेवल टेनिसको पुर्वाधार तयार रहेको स्वस्तिश्री गुरुकुल स्पोर्ट्स एकेडेमी स्पोर्ट्स हवको रुपमा बढाउने लक्ष्य रहेको सुनाए । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्वस्तिश्री गुरुकुललाई राम्रो कामको सुरुवात गरेकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे ।

सोही अवसरमा स्वस्तिश्री गुरुकुल हाताभित्रै निर्माण भएको फुटसल कोर्टको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकार, स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकार, प्रिन्सिपल डाक्टर हिमलाल घिमिरे, शैक्षिक निर्देशक प्रविण मोक्तान र एन्फाका सहमहासचिव तथा थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशीको उपस्थिति रहेको थियो । 

No description available.
सोही अवसरमा शिक्षक र अभिभावकबीच मैत्रीपुर्ण खेल खेलाइदा अभिभावक टोली १–० ले विजयी भएको छ । 
No description available.

No description available.

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal