दशैं आइसक्यो, तलव कहिले आउला !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-१९
  • |
  • 3879 पटक हेरिएको

हाइलाइट्स

  •  क्यानले खेलाडी, कर्मचारीको तलव दिन नसकेको ६ महिना भन्दा बढि भइसकेको छ । 
  • पछिल्लो पटक मार्चमा खेलाडीले पुरानै बर्गिकरणका आधारमा तोकिएको तीन महिनाको तलब पाएका थिए भने कर्मचारीले पनि त्यहि बेला तलब थापेका थिए । 

नेपाल क्रिकेट संघ क्यानमा पछिल्लो पटक सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजाबाबु श्रेष्ठले राजिनामा दिएपछि अब क्रिकेटमा के हुन्छ भन्ने धेरैको प्रश्न रहेको छ । सचिव प्याकुरेलले पारिवारिक दबावले राजिनामा दिएको भनेर बाहिरी हल्ला चलेपनि आन्तरीक रुपमा यसको जड भने अर्के रहेको छ । आफ्ना पुराना साथीहरुलाई क्यानमा ल्याउन नसक्नु र जिम्मेवारीविहिन जस्तो महसुस भएपछि प्याकुरेलले राजिनामा दिएको भन्ने उनका बिपक्षी धारका ब्यक्तिहरुको भनाई छ ।

अब क्यानले बुधबार बस्ने बैठकले सचिवमा नयाँ ब्यक्तिलाई जिम्मेवारी बस्ने प्रबल संभावना छ । यता प्याकुरेलले गर्दा क्यानमा काम गर्ने वाताबरण नभएको भन्नेहरु एक किसिमले खुसीपनि भएका छन । किनकी अब आफुहरु खुलेर काम गर्ने मौका मिलेको र क्यानलाई नयाँ तरिकाले लिने भन्ने सोचमा छन । तर प्याकुरेल र श्रेष्ठको राजिनामाले अहिलेका अध्यक्ष चतुरबहादुर चन्दलाई सोचे अनुसार सहजरुपमा काम गर्न मिल्छ होला त भन्ने प्रश्न भने यथावत छ । 

यस्तैमा क्यानले खेलाडी, कर्मचारीको तलव दिन नसकेको ६ महिना भन्दा बढि भइसकेको छ । पछिल्लो पटक मार्चमा खेलाडीले पुरानै बर्गिकरणका आधारमा तोकिएको तीन महिनाको तलब पाएका थिए भने कर्मचारीले पनि त्यहि बेला तलब थापेका थिए । 

त्यसपछि खेलाडीको नयाँ बर्गिकरण गरेर त्यो अनुसार तलव दिने भनेर २०२१ को सुरुवातमा नै बर्गिकरण समिती बनाएको थियो । जसको संयोजक राजिनामा दिएका उपाध्यक्ष राजाबाबु श्रेष्ठ रहेका थिए भने सदस्यमा प्रशान्त मल्ल र अर्का सदस्य सञ्जय राज सिंह रहेका थिए । उनीहरुले सुरुवातमा लकडाउनको बहाना बनाएपनि पछिल्लो पटक मापदण्ड बनाएर क्यानलाई बुझाएका छन ।

नयाँ बर्गिकरणपनि केहि समस्या देखिएकाले समयमा नै यो काम हुन नसकेको स्रोतको भनाई छ । महिला र पुरुष खेलाडीमा ठुलो हेरफेर गर्न खोजिएको र त्यो त्यति चित्त बुझ्दो नभएकाले रोकिएको बुझिएको छ । यतिमात्र होइन, महिला खेलाडीको बर्गिकरणमा अझै धेरै झमेला भएको समेत स्रोतको भनाई छ । अब संयोजक श्रेष्ठले नै नभएको अवस्थामा अब खेलाडीको बर्गिकरण कहिले फाइनल हुन्छ भन्ने प्रश्न कायमै छ । 

यता खेलाडीले तलब नपाएको ६ महिना पुरा भएर सात महिना टेकेको छ भने क्यानका कर्मचारीको पनि त्यहि हालत छ । स्रोतका अनुसार क्यानले समयमा नै आर्थिक प्रतिबेदन बुझाउन नसक्दा आइसीसीले पनि रकम पठाउन ढिलाई गरेको हो । हरेक तीन तीन महिनामा पठाउनुपर्ने प्रतिबेदन पहिलो क्वाटरको बुझाएर रकम आएपनि त्यसपछि भने ढिलो हुन पुगेको हो । दोस्रो क्वाटरको रिपोर्ट करिव एक महिना अगाडी मात्र क्यानले पठाएको थियो । 

पछिल्लो पटक आइसीसीपनि नेपाल क्रिकेटप्रति केहि सहानुभतीपुर्वक प्रस्तुत हुन थालेको र उसले तीन महिनासम्म एडभान्स रकम पठाउन सक्ने भन्ने सहुलियत दिन थालेको छ । तर क्यानले नै आर्थिक प्रतिबेदन पठाउन ढिलाई गरेपनि समयमा रकम आउन ढिलाई भएको स्रोतको भनाई छ ।

तर यतिबेला खेलाडी र कर्मचारी तलव कहिले आउँला भन्ने सोचमा छन । त्यसमा पनि कर्मचारी बढि चिन्तित छन । क्यानका एक कर्मचारीका अनुसार दशैको मुखमा क्यानले तलव आउने हो की होइन, सात महिना लागिसक्यो तलव नपाएको र कहिले आउँछ भन्ने दिन कुरिरहेको बताए । उनले २०२१ को मार्चमा तलब पाएपछि त्यसपछि नपाएको बताए । 

खेलाडी हाल एभरेष्ट प्रिमियरमा ब्यस्त रहेकाले उनीहरुलाई त्यति चिन्ता नभएपनि कर्मचारीलाई भने चिन्ता छ ।

खेलाडीको म्याच फी झन कम

नेपाली क्रिकेट टिमले कुनैपनि अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा यसअघि आइसीसीबाटै दैनिक ५० डलर भत्ता पाउने गरेका थिए । तर यसपटक ओमान भ्रमणमा जाँदा नेपाली खेलाडीले दिनेको मात्र ३५ डलर भत्ता हात पारे । त्यसमा पनि त्यहि रकममा उनीहरुले खानुपर्नेछ । 

यसअघि आइसीसीले कुनैपनि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जाँदा खेलाडीलाई ५० डल भत्ता दिने गरेको र त्यसमा खेलाडीले आफैले खाना खानुपर्ने थियो । तर नेपाल क्रिकेट संघ क्यान आएपछि आइसीसीले पनि सोझै खेलाडीलाई भत्ता दिन रोकेको छ । उसले क्यानको माध्यमबाट नै रकम पठाउछ । पछिल्लो पटक आइसीसीले सम्बन्धित निकायले जे तोेकेको छ, त्यो अनुसार नै दिने बताएको थियो ।

यता क्यानले अन्तराष्ट्रिय प्रतियोगिता खेल्नेबेला खेलाडीको म्याच फी भनेर प्रतिखेल १० हजार रुपैयाँ दिने निर्णय नै गरेको छ । यस्तै सिरिजका बेला क्याम्पमा बस्दापनि थोरै रकम भएपनि भत्ता पाउने गरेका छन । क्यान आएपछि सुरुवातमा ५ हजार रुपैयाँ म्याच फी दिने बताएको थियो । त्यसलाई पछि बढाएको हो । 

एसोसियट देश अमेरीकी खेलाडीले कुनैपनि विदेशी प्रतियोगिता खेल्न जाँदा दुई सय देखि २५० डलरसम्म दैनिक भत्ता पाउने गरेका छन । त्यो हेर्ने हो भने नेपाली खेलाडीले पाउने रकम निकै थोरै हो । 

उनीहरु बैदेशिक प्रतियोगितामा जाँदा पाउने भत्ताबाट कहाँ सस्तो र राम्रो खान पाइन्छ भनेर खोज्नुपर्ने बाध्यता कहिलेसम्म रहँदा यो ठूलो प्रश्न छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey