Mega Bank

दाङ इन्टर स्कुल क्रिकेट प्रतियोगिताकाे उपाधि पद्मोदयलाई

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-१९
  • |
  • 372 पटक हेरिएको

बिकाश भट्टराई 

दाङको घोराहीमा भएको जिल्लास्तरीय इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधि पद्मोदय स्कुलले जितेको छ । मंगलबार भएको फाइनलमा माउन्ट भ्यु स्कुललाई ४१ रनले पराजित गर्दै पद्मोदयले उपाधि जितेको हो ।  

टस जितेर पहिला ब्याटिङ गरेको पद्मोदयले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो । उसका लागि सचिन केसीले ४३ कप्तान आशिष वलीले २१ तथा झगेन्द्रसिंह ठकुरीले १५ रनको योगदान गरे ।  

 माउन्ट भ्युका अक्षय कुमार रावतले ३ विकेट लिँदा पाण्डेले २ विकेट लिए ।

११० रनको जवाफी लक्ष्य पछ्याएकोे माउन्ट भ्यु १७ ओभरमा ६८ रन बनाएर समेटियो ।

माउन्ट भ्युका लागि अकाश पाण्डेले २२ तथा आकाश चौधरीले १४ रन बनाउँदा अन्य खेलाडीले सम्झना लायक प्रदर्शन गरेनन् । 

No description available.

माउन्ट भ्युलाई सस्तैमा समेट्न पद्मोदयका कप्ताम आशिष वलीले १० रन खर्चेर ५ विकेट लए । बिराट बिक्रम केसीले २ विकेट हात पारे ।

फाइनल खेलको म्यान अफ द म्याच बिजेता टिमका कप्तान आशिष वली भए । यसैगरी मस्ट इम्प्रेसिभ प्लेयर माउन्ट भ्युका आकाश पाण्डे भए ।

साथै प्रतियोगिता अवधिभर अम्पायरको भुमिकामा दुई पुर्ब राष्ट्रिय क्रीकेट खेलाडी रमेश सिंह पुन, सुधन पोख्रेल तेस्तै म्याच रेफ्री ज्म्बु मगर र  स्कोररमा राष्ट्रिय महिला खेलाडी सरस्वती पुन मगर रहेका  थिए ।

 प्रतियोगिताको बिजेता पद्मोदयले ट्रफी, मेडल, प्रमाणपत्र र नगद तीस हजार प्राप्त गरेको छ । उप विजेता भएको माउन्ट भ्युले नगद पन्ध्र हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

No description available.

प्रतियोगितामा उत्कृष्ट हुने सम्पुर्णलाई ट्रफी र नगद प्रदान गरिएको थियो । बेष्ट ब्याट्सम्यान, बेष्ट फिल्डर, मस्ट सिक्सेसको ट्रफी माउन्ट भ्युका कप्तान प्रभाकर कुँवरले प्राप्त गरे । वेष्ट बलर गोरखा लमहीका किरन बि.क, एमर्जिङ प्लेयर सुनिल कालाथोकी, इम्प्रेसिभ प्लेयर आकाश पाण्डे घोषित भए । तेस्तै म्यान अफ दी टुर्नामेन्ट पद्मोदयका कप्तान आशिष वली भए ।

No description available.
विजेतारुलाई दंगाली स्पोर्टस एकेडेमीका अध्यक्ष सुशान्त सिंह थापा, घोराही उपमहानगरपालिका १५ का वडाअध्यक्ष रमेश कुमार पाण्डे, लुम्बिनी तथा कर्णाली प्रदेश क्रिकेट संघका सदस्य कैलाश रोकामगर, दाङ क्रिकेट संघका सचिब सन्जु क्षेत्री लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सहजीकरण भीसम थापाले गरेका थिए ।


#Tag1

भर्खरै

Advertisement