Mega Bank

पद्मोदय र माउन्ट भ्यु इन्टर स्कुल जिल्लास्तरीय टि२० क्रीकेट प्रतियोगिताको फाइनलमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-१९
  • |
  • 338 पटक हेरिएको

बिकाश भट्टराई

दाङको घोराही गुलरीया क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा माउन्ट भ्युले घोराही गोरखालाई ५विकेटले र दोस्रो सेमीफाइनलमा पद्मोदयले गोरखा लमही माथि ५१ रनको जित दर्ता गर्दै फाइनल प्रबेश गरेका हुन् ।

साेमबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा माउन्ट भ्यू स्कुलले घोराही गोरखा स्कुल माथि ५ विकेटको रोमाञ्चक जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको गोरखाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन जोडेको थिए । गोरखाका लागि ओपनिङ ब्याट्सम्यान प्रवेश डाँगीले ५६ बलमा ४६ रन जोडे । उनले ६ चौका प्रहार गरेका थिए ।

माउन्ट भ्यूका अक्षकुमार रावतले ४ विकेट हात पारे । साथै शंकर पोखरेल र सम्राटले पनि सम्मान १र१ विकेट हात पारे । 

१२६ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको माउन्ट भ्यूलाई अन्तिम ओभरमा ६ बलमा ६ रन आवश्यकता हुँदा २ बल बाँकी रहँदै लक्ष्य हासिल गर्यो । 

माउन्ट भ्यूका लागि ओपनिङ ब्याट्सम्यान ३० बलमा ४ चौकाको मद्दतले ३० रन जोडे । साथै भोद्रज केसीले १४ तथा प्रवासकरले ३९ रन जोडे । 

गोरखाबाट संगीत केसीले २ विकेट तथा विभव पोखरेलले १ विकेट हात पारे ।

तेस्तै आज सम्पन्न दोस्रो सेमीफाइनलमा पद्मोदय स्कुलले गोरखा लमही स्कुलमाथि ५१ रनको विशाल जीत दर्ता गरेको छ ।

टस हारेर ब्याटिङका लागि निम्तो पाएको पद्मोदयले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन जोड्यो । पद्मोदयका लागि सचिन केसी अर्धशतकीय पारी खेले । उनले ३ चौकाको मद्दतले ६९ बलमा ५१ रनको आजिवित पारी खेलका थिए ।

 गोरखा लमहीको बलिङ तर्फ किरण बि ।केले २ विकेट हात पारे । साथै श्रीदर पोख्रेल , राजकुमार कुमाल र सुन्दर पोख्रेलले सम्मान १र१ विकेट हात पारे । 

११० रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको गोरखा लमहीको ब्याटिङमा समस्या देखिँदा ५१ रनको हार ब्यहोरेको छ । गोरखा लमहीले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५८ रन जोड्यो । टोलीका लागि सुदिप क्षेत्री १० तथा हेमराज मगरले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्क जोड्न सकेनन् ।

लमही गोरखाको ब्याटिङलाई धरापमा पार्न पद्मोदयका कप्तान आशिष ओली र जीवन आलेले सम्मान ४र४ विकेट हात पारे । 

अब उपाधिका लागि पद्मोदय र माउन्ट भ्यू बीच भोलि भिडन्त हुनेछ । 

यस प्रतियोगितालाई फेज १ मानि उत्कृष्ट खेल्ने ४ टिमलाई डिउज बलले खेलिने फेज २ अन्तर्गत एकेडेमी कपमा सामेल गरिनेछ । प्रतियोगितामा बिजेता टिमलाई नगद तीस हजार उपबिजेतालाई नगद पन्ध्र हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

फेज २का लागि माउन्ट भ्यू , गोरखा लमही , गोरखा घोराही र पद्मोदय बोर्डिङ स्कूल छनोट भइसकेका छन् ।

तेस्तै खेलमा उत्कृष्ट खेल्ने खेलाडीहरुलाई बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, इमर्जिङ प्लेयर लगायत म्यान अफ द म्याचलाई नगद पुरस्कारसहित, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

भर्खरै

Advertisement