साविक विजेता माल्दिभ्समाथि नेपालको विजय, मनिष डाँगीको निर्णायक गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-१५
  • |
  • 2085 पटक हेरिएको

युवा स्ट्राइकर मनिष डाँगीले निर्णायक गोल गरेपछि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले साविक विजेता तथा आयोजक टोली माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

खेलको ६९औं मिनेटमा नवयुग श्रेष्ठलाई सब्स्टिच्युड गरी मैदान प्रवेश गरेका मनिषले ८५औं मिनेटमा काउन्टर एट्याकमा गोल गरी नेपाललाई ऐतिहासिक जित दिलाएका हुन् । नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गरेको यो पहिलोपल्ट हो । 

राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा शुक्रबार राती सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि सानदार प्रदर्शन गरेको थियो । रक्षात्मक र आक्रामक रुपमा सन्तुलित प्रदर्शन गरेको नेपालले गोलका अन्य केहि अवसर पनि खेर फालेको थियो । 

राष्ट्रिय टोलीका लागि मनिषको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । उनले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा पनि नेपालका लागि गोल गरेका थिए । 

साफ च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली लामो समयदेखि तयारीमा छ । नेपालले दशरथ रंगशालामा भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो भने कतारमा १० दिनको विशेष तयारीसँगै ओमान राष्ट्रिय टोलीसँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो । 

 

नेपाली टोली साफमा अहिलेसम्म सेमिफाइनलबाट माथि पुग्न सकेको छैन भने माल्दिभ्स साविक विजेता हो । सन् २०१८ मा बंगलादेशमा भएको साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित थियो । फाइनलमा भारतलाई हराएर उसले प्रतियोगिताको उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal