साफमा पहिलोपटक माल्दिभ्सलाई हराउने लक्ष्यमा नेपाल, गोर्खालीले डराएर खेल्दैन-किरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-१४
  • |
  • 1546 पटक हेरिएको

हाइलाइट्स

  • साफको उपाधि जित्न नसकेको नेपाली टिमले यसपटक इतिहास बनाउने लक्ष्य राखेको छ । करिव तीन महिना अगाडी देखि नै साफको तयारीमा लागेको नेपाली टिमले अन्तिम पटक कतारको दोहामा विशेष प्रशिक्षण राखेको थियो ।

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण भोलीबाट माल्दिभ्सको मालेमा सुरु हुँदैछ । जसमा नेपाली टिमले आफ्नो पहिलो खेलमा घरेलु टिम तथा साविक विजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । 

नेपाल र माल्दिभ्सको खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरु हुनेछ । साफको उपाधि जित्न नसकेको नेपाली टिमले यसपटक इतिहास बनाउने लक्ष्य राखेको छ । करिव तीन महिना अगाडी देखि नै साफको तयारीमा लागेको नेपाली टिमले अन्तिम पटक कतारको दोहामा विशेष प्रशिक्षण राखेको थियो ।

माल्दिभ्ससँगको खेल अगाडी नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले आफुहरु सबै खेल जित्नका लागि माल्दिभ्स आएको बताएका छन । यसका साथै उनले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र राम्रो प्रदर्शन गर्नेमा विश्वास रहेको बताए । साथै उनले यदि फाइनलमा पुग्ने हो भने सबै खेल जित्नुपर्ने र त्यसका लागि फाइट गर्ने बताएका छन । 

साफ च्याम्पियनसिपमा अहिलेसम्म फाइनलमा पुग्न नसकेको नेपाली टिमको उच्च सफलता सेमिफाइनलमा पुग्नु हो । नेपाली टिम अहिलेसम्म तीन पटक साफको सेमिफाइनलमा पुगेको छ । अन्तिम पटक नेपाली टिम अघिल्लो संस्करणमा सेमिफाइनलमा पराजित भएको थियो । 

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई अहिलेसम्म हराउन सकेको छैन । साफमा सात पटक खेलमा पाँच पटक पराजित भएकाे छ भने २ खेल बराबरी खेलेकाे छ ।  त्यसैले पनि नेपाली टिमलार्ई हराउनुको दबाव रहेको छ । यदि नेपालले माल्दिभ्सविरुद्धको खेलमा जित निकाल्न सकेको खण्डमा टिमको मनोबल पनि उच्च हुनेछ । 

नेपाल र माल्दिभ्स अहिलेसम्म १६ पटक आमनेसामने भएका छन । जसमा नेपालले चार खेलमात्र जित्न सकेको छ भने चार खेल बराबरी भएका छन । नेपालले आठ खेल हारेको छ । माल्दिभ्सविरुद्ध नेपालले १९ गोल गर्दा २३ गोल खाएको छ ।

साफको तयारीका लागि नेपालले भारत, ओमान र कतारी क्लवसँग चार वटा मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा नेपालले दुई खेल हारेको थियो भने एक खेलमा जित र एक बराबरी गरेको थियो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey