Mega Bank

अन्तरविद्यालय टी २० मा पद्मोदयको जित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-१३
  • |
  • 357 पटक हेरिएको

दाङमा शुरु भएको अन्तरविद्यालय टी २० क्रिकेट प्रतियोगितामा पद्मोदय पब्लिक उच्चमाविले विजयी शुरुवात गरेको छ ।

आज भएको खेलमा पद्मोदयले शान्ति निकेतनलाई १६७ रनको फराकिलो अन्तरले जित दर्ता गरेको हो । पद्मोदयले दिएको २०२ रनको लक्ष्य पछ्याएको शान्ति निकेतनले १४.४ ओभरमा ३४ रनमा समेटिएको थियो ।

शान्ति निकेतनका सन्दीप पोखरेलले सर्वाधिक ११ रन बनाएका थिए । पद्मोदयका युवराज सुवेदीले ३ विकेट लिँदा आशिष वलीले २ विकेट लिएका थिए ।

पहिला ब्याटिङ गरेको पद्मोदयले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रनको विशाल योगफल तयार पारेको थियो । आशिष वलीले ७४ तथा सचिन केसीले ४४ रनको योगदान गरे । शान्ति निकेतनका रुपेश पोखरेलले २ तथा सनम दाहालले एक विकेट लिएका थिए ।

No description available.

दङाली स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका छन् ।
१२ वटा विद्यालयलाई ४ समूहमा बिभाजन गरिएको छ ।

प्रत्येक समूहमा ३ वटा टिम राखिएको छ । उक्त समूह विजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका खेलहरु घोराहीको गुलरीया क्रिकेट मैदानमा शुरु भएको हो ।

No description available.

No description available.

भर्खरै

Advertisement