मैत्रीपुर्ण खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-१०
  • |
  • 2164 पटक हेरिएको

हाइलाइट्स

  • ओमानसँगको मैत्रीपुर्ण खेलमा नेपालले सात दुई गोलको फराकिलो हार ब्यहोरेको छ ।

साफ च्याम्पियनसिप अगाडी बलियो टिम ओमानसँगको मैत्रीपुर्ण खेलमा नेपालले सात दुई गोलको फराकिलो हार ब्यहोरेको छ ।

कतारको दोहास्थित कतार युनिभर्सिटीको बन्द रंगशालामा भएको खेलमा नेपालले एक गोल फर्काएपनि आधा दर्जन गोल खायो । 

नेपाल भन्दा बरियतामापनि निकै माथि रहेको ओमानले खेलको नवौं मिनेटमा अग्रता बनायो । उसका लागि फामी सेदले गोल गरे । 

ओमानले खेलको सुरुवातबाट नै नेपालमाथि दबाव दिएको थियो । खेलको ३९ औं मिनेटमा ओमानले नेपाल विरुद्ध दुई शुन्यको अग्रता बनायो ।  ओमानका लागि मोसेन जहरले गोल गरे । 

तर ४० औं मिनेटमा नेपालले एक गोल फर्काउन सफल भयो । नेपालका लागि ४४ औं मिनेटमा अञ्जन विष्टले गोल गर्न सफल भए । 

तर दोस्रो हाफको सुरुवातमा नै ओमानले खेलमा तेस्रो गोल गर्यो । उसका लागि मोसेन गावरले गोल गर्दै टिमलाई तीन एकको अग्रता दिलाए । 

४९ औं मिनेटमा ओमानले खेलमा चौथो गोल गर्यो । उसका लागि मोहसेन इल घासानीले गोल गरे । जसका कारण नेपाल चार एकले पछाडी पर्यो । 

जापानलाई विश्वकप छनौटमा पराजित गरेको ओमानले दोस्रो हाफमा आफ्ना सिनियर खेलाडीलाई मैदानमा उतारेको थियो । जसमा खेलको ६० औं मिनेटमा उसले पाँचौ गोल गर्यो । उसका लागि अब्दुलाजिज अल मुकाबालीले गोल गरे । 

पहिलो हाफमा आफ्नो मुख्य सेटलाई मैदानमा उतारेको ओमानले गोलको बर्षा नै गर्यो । खेलको ६५ औं मिनेटमा ओमानका अल मुकाबलीले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमको अन्तर ६ एकमा पुर्याए । 

दोस्रो हाफमा नेपालले ८ जना खेलाडी परिवर्तन गरेको थियो । खेलको ७६ औं मिनेटमा नेपालले सातौं गोल खायो । यसपटक ओमानका लागि जमिल अल यामादीले गोल गरे । 

खेलको अन्तिममा नेपालले एक गोल फर्काएको थियो ।

नेपाली मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पहलमा नेपालले ओमानसँग मैत्रीपुर्ण खेल खेल्न पाएको हो । नेपाली टिमले आज मैत्रीपुर्ण खेल खेलेपछि साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछ । 

तस्विर:ओमान फुटबल

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal