Mega Bank

कीर्तिपुर मैदानमा अफ्रिदीलाई देख्दा दर्शक उत्साहित 

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०६-०९
  • |
  • 437 पटक हेरिएको

पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान साहिद अफ्रिदी यो सिजनको एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल खेल्नका लागि काठमाडौं आएका छन् । काठमाडौं किंग्स इलाभेनमा आवद्ध अफ्रिदी २ खेलका लागि यहाँ आएका हुन् ।

ललितपुरविरुद्ध शनिबार उद्घाटन खेलमा ४ ओभर बलिङ गरेका अफ्रिदीले विकेट लिन नसके पनि एउटा क्याच उत्कृष्ट गरे । उनको बलिङका बेला दर्शकहरुले पनि निकै नै क्रिकेटको मज्जा लिएका थिए ।

ललितपुरविरुद्ध सहज ७ विकेटले टिम विजयी भएपछि उनी ब्याटिङका लागि भने मैदान उत्रनु परेन । जव खेल सकियो उनले समर्थकहरुलाई अभिवादन गरेका थिए ।

कीर्तिपुर मैदानका अफ्रिदीलाई देख्दा दर्शक उत्साहित भएका थिए ।

हेरौं यो भिडियाेमा ।

 

भर्खरै

Advertisement