राष्ट्रिय फुटसल लिगमा सविन मेमोरियल एफसीकाे दाेस्राे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०७
  • |
  • 917 पटक हेरिएको

ए डिभिजन राष्ट्रिय फुटसल लिगमा सविन मेमोरियल एफसीले दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा सविन मेमोरियलले मच्छिन्द्र स्काई गोल्सलाई तीन दुई गोलले हरायो । 

पोखरा कर्भडहलमा भएको खेलमा सविन मेमोरियलका लागि अविनाश तामाङले दुई गोल गरे भने बरदान लामाले एक गोल गरे । यस्तै मच्छिन्द्र स्काईका लागि आशिष सुनमले दुई गोल गरे । 

खेलको दोस्रो मिनेटमा नै अविनाश तामाङले गोल गर्दै सविन मेमोरियललाई अग्रता दिलाए । त्यसको लगत्तै आशिषले सुनमले मच्छिन्द्र स्काईले बराबरीमा पुर्‍यायाे  । 

१३ औं मिनेटमा बरदानले सविन मेमोरियलका लागि गोल गर्दै टिमलाई दुई एकले अगाडी राखे । तर २२ औं मिनेटमा आविनाशले ब्यक्तिगत दोस्रो गोल गरेपछि खेल तीन एकमा पुग्यो । 

३० औं मिनेटमा आशिषले मच्छिन्द्र स्काईका लागि ब्यक्तिगत दोस्रो गोल गरेपछि खेल तीन दुईको अवस्थामा पुगेको थियो । तर त्यसपछि दुबै टिमबाट थप गोल भएन र सविन मेमोरियलले दोस्रो जित निकाल्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey