‘एम्बाप्पेले आफ्नो बानी सुधार्नु आवश्यक छ’

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०७
  • |
  • 833 पटक हेरिएको

लिग वानमा आफ्नो टिमविरुद्ध पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले २–१ को जित निकालेपछि मेट्जका प्रशिक्षक फ्रेडेरिक एन्टोनेट्टीले विश्वकप विजेता फ्रेन्च स्टार एम्बाप्पेबारे बोलेका छन् ।

उनले एम्बाप्पे राम्रो खेलाडी भएको तर उनले आफ्नो व्यवहारमा केही सुधार गर्नु आवश्यक रहेको बताएका छन् । 

‘एम्बाप्पे राम्रो खेलाडी हुन् , मलाई उनी मन पर्छ तर सबैले मन पराउन र सबैको माया पाउन उनले आफ्नो बानीमा केही सुधार गर्नुपर्नेछ’ मेट्जका प्रशिक्षकले एम्बाप्पेबारे खेलपछि भनेका छन् । 

यस सिजन फ्रेन्च स्टार एम्बाप्पे लयमा रहेका छन् ।

गत सिजनको अन्त्यदेखी नै स्पेनिस क्लब रियल मड्रिडमा आउने हल्लाका बिच एम्बाप्पेले भने यस सिजन पीएसजीमै रहने निर्णयमा पुगेका थिए ।

यस सिजन पीएसजीलाई हारबाट जोगाउन उनले महत्वपुर्ण गोल गर्दै आएका छन् । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal