Mega Bank

म्यानचेस्टर युनाइटेड लिग कपबाट आउट

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०६-०७
  • |
  • 484 पटक हेरिएको

लिग कप फुटबलबाट म्यानचेस्टर युनाइटेड बाहिरिएको छ । गएराति भएको खेलमा वेस्टह्यामसँग १–० गोल अन्तरले पराजित भएको युनाइटेड बाहिरिएको हो ।

नवौं मिनेटमा वेस्टह्यामका लागि म्यानुयल लान्जिनीले गरेको एक मात्र गोलले वेस्टह्याम अन्तिम १६ मा पुग्न सफल भयो ।

यसैगरी आर्सनलले विमविल्डनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउँदा ब्राइटले स्वेन्सामाथि २–० को जितका साथ अगाडिको यात्रा तय गरेको थियो ।

चेल्सीले एस्टोन भिल्लामाथि पेनाल्टी सूटआउटमा जित दर्ता गर्दा टोटनह्यामले वुल्भसमाथि पनि पेनाल्टीमै जित दर्ता गरेको थियो ।

यस्तै लेस्टरले मिलवाललाई २–० ले पराजित गर्दै अन्तिम १६ को टिकट पक्का गरेको छ । 

भर्खरै

Advertisement