सिरी ए मा युभेन्टसकाे पहिलो जित  

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०७
  • |
  • 813 पटक हेरिएको

इटालियन सिरी ए फुटबलमा युभेन्टसले पहिलो जित दर्ता गरेको छ । जारी सिजनमा ५ खेल खेल्दा युभेन्टसले ५ अंक बनाएको छ ।

गएराति भएको खेलमा युभेन्टसले स्पेजियालाई ३–२ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक लिएको हो । युभेन्टसलाई जिताउनका लागि मोइस कियन, फेदरिको किएसा र माथेज डी लिग्टले एक एक गोल गरको थिए ।
स्पेजियाका लागि इम्यमानुएल गिएसी र  ज्यानिस एन्टिस्टले गोल गरेका थिए ।

२८ औं मिनेटमा कियनको गोल मार्फत युभेन्टसले शुरुआती अग्रता लिएको थियो । ३३ औं मिनेटमा स्पेजियाका लागि गिएसीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । ४९ औं मिनेटमा एन्टिस्टले गोल गर्दै स्पेजियालाई २–१ को अग्रता दिलाए पछि युभेन्टस दबावमा आएको थियो । ६६ औं मिनेटमा किएसाले गोल गर्दै युभेन्टसलाई २–२ मा ल्याउँदै दबाब कम गराएका थिए । 

७२ औं मिनेटमा डी लिग्टले गोल गरेपछि युभेन्टस ३–२ ले अघि रहँदै जारी सिजनको पहिलो जित दर्ता गर्न सफल भयो । 

युभेन्टसले यसअघि एसी मिलान र उडिनेससँग बराबरी खेल्दा नापोली र एम्पोलीसँग पराजय भोगेको थियो । युभेन्टसबाट यसै सिजन क्रिष्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड गएपछि त्यसको असर टिममा पनि देखिएको छ ।

गएरातिको नतिजापछि ५ अंकका साथ युभेन्टस लिग तालिकाको १३ औं स्थानमा रहेको छ भने स्पेजिया ४ अंकका साथ १७ औं स्थानमा रहेको छ । गएराति नै भएको खेलमा एसी मिलनाले वेनेजियालाई २–० ले पराजित गर्दै आफूलाई तालिकाका दोस्रो स्थानमा उकालेको छ । उसको १३ अंक भएको छ  । त्यसैगरी काग्लिएरी एम्पोलीसँग २–० ले स्तब्ध भयो ।  हेलास भेरोना र सालेर्नितानाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey