क्रिकेटर कुशल मल्ललाई रेड रकको प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०६
  • |
  • 1487 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी कुशल मल्ललाई रेड रक नेपालले किट्स प्रायोजन गरेको छ । 

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमकाबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र रेड रक नेपालका महेश कठायतले मल्ललाई हस्तान्तरण गरेका हुन् ।

मल्ललाई रेडरकले एक बर्षका लागि किट्स प्रायोजन गरेको हो ।

कार्यक्रममा रेड रकका कठायतले नेपाली क्रिकेटलाई सहयोग जारी राख्ने बताए ।

यसैगरी खड्काले रेडरकको सहयोगले नेपाली क्रिकेटलाई फाइदा पुग्ने बताए । यसैगरी कुशल मल्लले रेडरकसँग आवद्ध हुन पाउँदा आफू उत्साहित भएको बताए ।

रेड रकले नेपाल क्रिकेटरलाई प्रायोजन गर्ने क्रिकेटरमा मल्ल पाँचौ खेलाडी हुन् । यसअघि भीम सार्की, सोमपाल कामी, करण केसी र सन्दीप जोरालाई प्रायोजन गरेको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey