Mega Bank

प्रिमियर लिगको नियमप्रति क्लोप र ग्वार्डिओला असन्तुष्ट

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०६-०६
  • |
  • 288 पटक हेरिएको

प्रिमियर लिगको खेलाडी प्रतिस्थापन नियमबारे लिभरपुलका प्रशिक्षक योर्गन क्लोपको टिप्पणीमाथि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि समर्थन गरेका छन् ।

प्रिमयिर लिगमा ३ जना खेलाडी मात्र सब्सिच्युट गर्न पाउने नियमप्रति क्लोपले विगतमा गरेको टिप्पणीमाथि पेपले पनि समर्थन जनाउदै खरो टिप्पणी गरेका हुन् । 

‘विश्वभरि नै पाँच खेलाडीलाई परिवर्तन गर्न सक्ने नियम छ तर हामीले तिन खेलाडी मात्र परिवर्तन गर्न सक्छौं, यो विरोधपुर्ण छ’ काराबाओ कपमा वीकोम्बेबिरुद्धको जितपछि बोल्दै पेपले भनेका छन् । 

हरेक तिन दिनमा खेल खेल्नुपर्ने र त्यसमाथि पनि पर्याप्त खेलाडीले प्रतिस्थापन नपाउने भएकाले इन्जयुरी बढेको उनको भनाई छ । 

गत सिजन लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले पनि उक्त नियमबारे कडा अभिव्यक्ति  दिएका थिए ।

क्लोपले प्रिमियर लिगको उक्त नियम हाँसो लाग्दो भएको र यो फाइदाजनक नभएको बताएका थिए । 

भर्खरै

Advertisement