Mega Bank

टोटेनह्याम टिमको समस्या सुल्झाउने प्रयासमा नुनो

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०६-०६
  • |
  • 303 पटक हेरिएको

बुधबार काराबाओ कपमा उल्भसविरुद्धको खेलअघि टोटेनह्यामका प्रशिक्षक नुनो एस्पिरिटोले टिममा केही समस्या भएको र उक्त समस्याहरु प्रशिक्षणको क्रममा मात्रै समाधान हुन नसक्ने बताएका छन् । 

टोटेनह्यामले सिजनको ३ खेलमा लगातार जित निकाल्दै सिजनको राम्रो शुरुवात गरेको थियो तर चेल्सी र क्रिस्टल प्यालेससँग पराजित भएसँगै उनीमाथि केही दबाब बढेको देखिन्छ । 

‘हामीसँग प्रशिक्षण मैदानमा पर्याप्त समय छैन र म खेलको दौरान नै टिमको सन्तुलन मिलाउने प्रयासमा छु’ नुनोले भनेका छन् । 

नुनो यस सिजनका लागि वुल्भसबाट टोटेनह्याममा अनुबन्ध भएका हुन् भने वुल्भसविरुद्धको पछिल्लो खेलमा नुनोको प्रशिक्षणमा रहेको टाटोनह्यामले जित निकालेको थियो ।

 

भर्खरै

Advertisement