आईपीएलमा राजस्थानको रोमाञ्चक जित

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०६
  • |
  • 656 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पन्जाव किंग्सलाई २ रनले पराजित गरेको छ ।

राजस्थानले पन्जाबलाई १८६ रनको लक्ष्य दिएको थियो । तर केएल  राहुलको कप्तानीमा रहेको पन्जाव जम्मा ४ विकेट गुमाएर १८३ रनमा रोकिन पुग्यो ।

अन्तिम ओभरमा पन्जावले ४ रन मात्रै आवश्यक रहे पनि पन्जावले जम्मा १ रनमात्रै बनाउन सक्यो । त्यतिबेला पन्जावले २ विकेट गुमाउनु नै पराजयको मूख्य कारण रह्यो ।

राजस्थानलाई जिताउनका लागि कार्तिक त्यागीको बलिङ निकै नै महत्वपूर्ण रह्यो । अन्तिम ओभरमा त्यागीले निकोलस पुरन र दीपक हुड्डाको विकेट लिएका थिए ।

जितसँगै राजस्थान रोयल्सले ८ खेलबाट ८ अंक बनाउँदै तालिकाको पाँचौं स्थानमा उभ्याएको छ । उता पन्जावको ९ खेलमा छैटौं हार हो । 

पन्जावले टस जितेर राजस्थान रोयल्सलाई ब्याटिङका लागि बोलाएको थियो । यशस्वी जयसवालले आक्रामक ब्याटिङ गर्दै पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।

पन्जावका अर्शदीप सिंहले ओपनिङ साझेदारी तोडेका थिए ।   

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal