सिरि ए फुटबलमा इन्टर मिलान शीर्ष स्थानमा 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०६
  • |
  • 1046 पटक हेरिएको

इटालियन सिरि ए फुटबलमा इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा फोरेन्टिनालाई ३–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा इन्टर उक्लिएको हो । इन्टरको १३ अंक रहेको छ । 

घरेलु मैदानमा फोरेन्टिनाले शुरुआती अग्रता भने लिएको थियो । २३ औं मिनेटमा रिकार्डो सेटिलले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १ गोलले पछि परेको इन्टरले दोस्रो हाफमा ३ गोल गर्दै तालिकामा पनि ३ अंक थप्न सफल भयो ।

५२ औं मिनेटमा मेटो डार्मिएनले गोल गरेपछि इन्टर मिलानले खेल एक एक गोलको बराबरीमा ल्याएको थियो ।

५५ औं मिनेटमा इडिन डेकोले गोल गरेपछि इन्टर २–१ ले अघि बढेको थियो । ७८ औं मिनेटमा निकोलस गोन्जालेज रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि फोरेन्टिना १० खेलाडीमा झरेको थियो । ८७ औं मिनेटमा इभान पेरिसिजले इन्टरका लागि तेस्रो गोल गर्दै ३–१ को जित पक्का गरे । 

एटलान्टाले सासुलोमाथि २–१ गोल अन्तरको जित दर्ता गर्दा बोलगाना र जियोनाले २–२ गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey