स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड शीर्ष स्थानमा 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०६
  • |
  • 1158 पटक हेरिएको

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा गेटाफेमाथि २–१ गोल अन्तरको जित दर्ता गर्दै मड्रिड ६ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो ।  दोस्रो स्थानमा रहेको रियल मड्रिडले ५ खेलबाट १३ अंक जोडेको छ । 

गेटाफेले घरेलु मैदानमा अग्रता भने पहिला लिएको थियो । तर उक्त अग्रता गेटाफले आत्मघाति गोलबाट प्राप्त गरेको थियो । एथ्लेटिको मड्रिडका जोन ओब्लाकले आफ्नै पोस्टमा गोल गरेपछि गेटाफेले ४५ औं मिनेटमा अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा लुई स्वारेजले लगातार २ गोल गरेपछि एथ्लेटिकोलाई जित दिलाए । स्वारेजले ७८ औं र ९० औं मिनेटमा गोल गरेका थिए ।

Image

ला लिगा अन्तर्गत रायो भालकानोले एथ्लेटक बिलबाओलाई २–१ गोल अन्तरले पराजित गरेको छ । रायो भालकानोले ६ खेलबाट १० अंक बनाएको छ भने पराजित भएको एथ्लेटिक बिलबाओ ९ अंकसहित तालिकाको छैटौं स्थानमा छ । सेल्टाभिगोले लेभान्टेमाथि २–० गोलको जित दर्ता गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey