पारस र ऐरीले इपीएल नखेल्ने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०५
  • |
  • 2183 पटक हेरिएको

हाइलाइट्स

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग असोज ९ गतेबाट २३ गतेसम्म चल्नेछ । टियु मैदानमा हुने खेलमा नेपालका ६ शहरका फ्रेन्चाइज टिमको सहभागिता रहनेछ । 

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र उपकप्तान दिपेन्द्र सिंह ऐरीले नेखेल्ने भएका छन् ।

केही समयअघि अन्तर्रराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पारसले घरेलु लिग खेल्ने बताएका थिए तर बिराटनगर वारियर्सको कप्तान भैसकेका पारस खड्का इपीएल खेल्ने खेलाडी सुचिमा परेका छैनन् ।

दोस्रो संस्करणको इपीएलमा वारियर्सले उपाधि जित्दा पारस टिमका कप्तान रहेका थिए । बिराटनगरमा आबद्ध रहेका बलर बसन्त रेग्मीले पनि एभेरष्ट प्रिमियर लिग नखेल्ने भएका छन् । 

यस्तै चोटका कारण विश्वकप लिग–टु अन्तर्गतका खेलहरु गुमाएका नेपाली टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले पनि इपीएल गुमाउने भएका छन् ।

काठमाडौं किंग्स इलेवनको टिममा रहेका ऐरी केही समयदेखी चोटका कारण मैदानबाहिर रहेका छन् । 

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग असोज ९ गतेबाट २३ गतेसम्म चल्नेछ । टियु मैदानमा हुने खेलमा नेपालका ६ शहरका फ्रेन्चाइज टिमको सहभागिता रहनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey