ओमानबाट नेपाली क्रिकेट टिम स्वदेश फिर्ता 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०५
  • |
  • 1585 पटक हेरिएको

आईसीसी विश्वकप लिग टू सिरिज खेल्न ओमान  गएको नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

नेपाली टिम आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टिमसँगै गएका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर र फिटनेस ट्रेनर आशय हटकर भने उतैबाट भारत गएका छन् । मुख्य प्रशिक्षक ह्वाटमोर भने नेपाली टिमबाट राजिनामा दिएर गएका हुन् । 

ओमानमा नेपालले अमेरिका र ओमानसँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेलेको थियो । त्यसअघि पपुवा न्युगिनीसँग २ वटा अभ्यास खेल पनि खेलेको थियो । पपुवान्युगिनीलाई दुवै खेलमा पराजित गरेको नेपालले ओमान र अमेरिकासँग एक एक खेल जित्दा एक एक खेलमा पराजय भोगेको थियो । नेपाली  क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले स्वागत गरेका थिए । तस्वीर : एनएसजेएफ

No description available.

No description available.

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal