ज्ञानेन्द्रकाे समर्थकलाई प्रश्न-परिवारले नै चिन्ता लिने गरेर ब्यक्तिगत आलाेचना के का लागि ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०४
  • |
  • 2605 पटक हेरिएको

हाइलाइट्स

  • परिवारले नै चिन्ता लिने गरेर आफ्नो आलोचना हुँदा निकै दुःख लागेको र उनीहरुले यसरी आलोचना के का लागि गरेको भन्ने पनि नबुझेको बताए ।

समर्थकले ब्यक्तिगत रुपमा नै आलोचना गरेपछि कप्तान ज्ञानेन्द्र मल्लले खुलेरै जवाफ दिएका छन ।

परिवारले नै चिन्ता लिने गरेर आफ्नो आलोचना हुँदा निकै दुःख लागेको र उनीहरुले यसरी आलोचना के का लागि गरेको भन्ने पनि नबुझेको बताए ।

उनले आफुले जहिलेपनि टिमलाई ध्यानमा राखेर काम गरिरहेको र त्यसमा पनि सधै राम्रो नहुने तर राम्रो हुँदापनि आलोचना गर्दा अचम्म लागेको बताए । 

पछिल्लो पटक समर्थकले ज्ञानेन्द्रको प्रदर्शनलाई लिएर सोसियल मिडियामा निकै आक्रोश पोखेका थिए ।

जसमा उनीहरुले कप्तानलाई सन्यास लिनसम्म भनेका थिए । उनले आफ्नो श्रीमतीले नै सोसियल मिडिया नहेर्नसमेत भन्ने गरेर समर्थकले लेखेको पाएको बताए । 

त्यसो हुँदा निकै चित्त दुख्ने गरेको र यसरी ब्यक्तिगत रुपमा नै आक्रमण गर्नु उचित नभएको बताए । 

हेराै कप्तान ज्ञानेन्द्रसँगकाे कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey