जाँदा जाँदै ह्वाटमाेरले भने-'क्यानले खेलाडीलाई धेरै एक्पाेजर दिनुपर्छ'

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०३
  • |
  • 1722 पटक हेरिएको

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको विदाई सुखद भएको छ । उनले नेपाली टिमका लागि प्रशिक्षण गरेको अन्तिम खेलमा ओमानलाई सात विकेटले हराउँदै सुखद बिदाई गरेको हो ।

जाँदा जाँदै ह्वाटमोले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट संघले खेलाडीलाई धेरै भन्दा धेरै खेलहरु आयोजना गर्नुपर्ने बताए । उनले बलियो टिमसँग खेल्न आवश्यक रहेको बताए । 

साथै उनले युवा खेलाडीमा धेरै क्षमता रहेको तर उनीहरुले मौका पाउन निकै आवश्यक रहेको बताए ।

ह्वाटमोर अब बरोडा क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा जानेछन् । नेपाली टिमको मुख्य प्रशिक्षकमा ८ महिना काम गरेका ह्वाटमोरले ओमान आएपछि नै अचानक राजिनामा दिएका हुन् । 

हेरौ जाँदा जाँदै के भने प्रशिक्षक ह्वाटमोरले

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey