आर्सनल नेपालको वार्षिक साधारणसभा सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०३
  • |
  • 867 पटक हेरिएको

इंग्लिस प्रिमियर लिग (इपिएल)को चर्चित क्लब आर्सनलको नेपालमा रहेका समर्थकहरुको समूह आर्सनल नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आर्सनल नेपालले वेलायतस्थित क्लबबाट मान्यता पाएको आधिकारिक समर्थक समूह हो।

गत २७ साउनमा स्थापनाको १२औं वार्षिकोत्सवका अवसरमा ‘आर्सनल डे’ मनाएको आर्सनल नेपाल नेपालको सबैभन्दा धेरै सदस्य भएको तथा सबैभन्दा पूराना समर्थक समूहमध्येको एक हो।

साधारणसभा कार्यक्रममा आर्सनल नेपालले आफ्ना आधिकारिक सदस्यहरुलाई मायाको चिनो स्वरुप नेपाल एवं आर्सनल झल्काउने टिसर्ट तथा क्याप वितरण गरेको थियो।

साधारण सभामा चर्चित लोकगायक बद्री पंगेनीले प्रमुख आतिथ्यता गरेका थिए। खेलकुदमा सक्रिय रहेका तथा फुटबलमा निकै रुची राख्ने गायक पंगेनी लामो समयदेखि आर्सनलका फ्यान हुन्। कार्यक्रममा उनलाई आर्सनल नेपालको मानार्थ सदस्यता पनि दिइएको थियो। सो अवसरमा अध्यक्ष नवीन चित्रकारले पंगेनीलाई आधिकारिक सदस्यता कार्डका साथै आर्सनल नेपालको आधिकारिक ‘मर्चेन्डाइज’ प्रदान गरेका थिए।

आर्सनल नेपालका अध्यक्ष नवीन चित्रकारले १२ वर्षको यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आधिकारिक सदस्यता लिएका सबैलाई धन्यवाद तथा शुभकामना दिएका थिए। अध्यक्ष चित्रकारका अनुसार ४ हजारको हाराहारीमा साधारण सदस्य रहेको आर्सनल नेपालमा यसपटक ७०० जनाले आधिकारिक सदस्यता लिएका छन्।
 
कार्यक्रममा आर्सनल नेपालका सचिव सबिन श्रेष्ठले स्वागत मन्तव्य राख्ने क्रममा आर्सनल तथा आर्सनल नेपालप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद पनि दिएका थिए। यस्तै, उपाध्यक्ष निरोज खतिवडाले आर्सनल नेपालका गतिविधिहरुका बारेमा बताउँदै आगामी कार्यक्रमका विषयमा जानकारी दिए।

साधारण सभाले आर्सनल नेपालको नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ। नयाँ सञ्चालक समितिको अध्यक्षमा नवीन चित्रकार, उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सबिन श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई रहेका छन्। यस्तै, सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, एलिना शाह ठकुरी र सरिता खड्गी निर्विरोध चयन भएका हुन्।

गठन लगत्तै बसेको नयाँ सञ्चालक समितिको पहिलो बैठकले आर्सनल नेपाललाई नयाँ कार्यदिशा प्रदान गर्ने निर्णय गरेको छ। विगतमा काठमाडौं र मोफसलको पोखरामा मात्र सिमित रहेको आर्सनल नेपालले आगामी दिनमा आफ्ना गतिविधिलाई अन्यत्र पनि विस्तार गरिने सञ्चालक समितिले जानकारी दिएको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal