ओमानकाे मैदानमा सुखद नतिजाका साथ प्रतियाेगिता सक्ने अपेक्षामा नेपाल

नेपाली टिममा परिवर्तन हुनसक्ने सम्भावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०३
  • |
  • 1056 पटक हेरिएको

हाइलाइट्स

  • ओमानसँग लिग टु को सिरिजमा एकपनि जित निकाल्न नसकेको नेपालले अन्तिम खेलमा जित निकालेर सुखद नतिजाको अपेक्षा गरेको छ । 

आइसीसी विश्वकप क्रिकेट लिग टु को दोस्रो सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।

यसअघिका तीन खेलमा दुईमा हार र एकमा जित निकालेको नेपाली टिम अन्तिम खेलमा जितका साथ प्रतियोगिता टुंग्याउने लक्ष्यमा छ । तर यो खेलमा पनि नेपाली टिमलाई जित निकाल्नका लागि निकै कठिन रहेको छ ।

ओमानसँग लिग टु को सिरिजमा एकपनि जित निकाल्न नसकेको नेपालले अन्तिम खेलमा जित निकालेर सुखद नतिजाको अपेक्षा गरेको छ । 

ओमानको कन्डिसनमा अन्तिम खेलमा नेपाललाई दबाव रहेको छ । नेपाली टिममा यो खेलका लागि सुरुवाती ११ मा परिवर्तन हुने संभावना छ । प्रशिक्षक डेभ ह्वाटमोरका लागि पनि नेपाली टिमका लागि अन्तिम खेलका रुपमा यो खेल रहेको छ । 

त्यसैले पनि नेपाल टिम सुखद नजितको अपेक्षामा छ । आजको खेलमा नेपाली टिमले जित निकाल्न सकेको खण्डमा अंक तालिकामा ८ खेलमा ८ अंक जोड्ने छ ।  

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey