रविन र प्रदीप फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०२
  • |
  • 991 पटक हेरिएको

एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले नेपाल प्रहरीका चन्द्र थापा मगर तथा प्रदीपले अल्फाका विशेष बुढा मगरलाई पराजित गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको प्रतियोगिताको ५७ केजीमा एपीएफका पुरन राईले दाङका निसम घर्ती मगर तथा बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका पुरन सुनवारलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

६३ केजीमा प्रहरीका भूपेन्द्र थापा मगरले नक्सालका आयुशमान चटौतबाट वाकओभर पाउदै भीपीपीकेआरका पवन गुरुङसंग फाइनल भेट पक्का गरे ।

अर्को सेमिफाइनलमा पवनले एपीएफका झलक रोकायालाई पन्छाएका थिए ।

७१ केजीमा एपीएफका विकास लामाले नक्सालका यमराज चौलागाईं तथा आर्मीका दीपेश लामाले एचटुओका विजय बाटालाई पाखा लगाउदै फाइनलमा पुगे ।

ललितपुरका सनिल शाहीले नक्सालका अश्विन धीरज श्रेष्ठलाई निराश पार्दै ६७ केजीको सेमिफाइनलमा स्थान पक्का गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey