ला लिगामा रायो भालकानोको जित

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०२
  • |
  • 1071 पटक हेरिएको

 स्पेनिस ला लिगा फुटबलमा रायो भालकानोले दोस्रो जित दर्ता गरेको छ ।

आज भएको खेलमा गेटाफेमाथि ३–० गोल अन्तरको जित दर्ता गरेको हो । नतिजासँगै भालकानो तालिकामा ७ अंक बनाउँदा ७ औं स्थानमा रहेको छ । गेटाफेले भने अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन र उ पुछारमा रहेको छ ।

रायोभालकानोको जितमा ओस्कार ट्रिजोले पेनाल्टी मार्फत गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको भालकानोले दोस्रो हाफमा अरु २ गोल थपेको थियो ।

७८ औं मिनेटमा पाथ किसले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

राडमेल फालकाओले ८१ औं मिनेटमा गोल थप्दै रायो भालकानाको ३–० को फराकिलो जित दर्ता गराए । ला लिगामा रियल मड्रिड, भ्यालेन्सिया र एथ्लेटिको मड्रिडको समान १० अंक छ भने क्रमश शीर्ष तीन स्थानमा रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey