स्नुकर टोलीलाई स्वागत

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०२
  • |
  • 528 पटक हेरिएको

काठमाडौं । नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघले ३६ औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भइ स्वदेश फर्किएको नेपाली टोलीको शनिबार स्वगात गरेकाे छ ।

सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष चारपटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, खेलाडीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अंकितमान श्रेष्ठले प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरे । लिगमा अंकितले ४ खेल मध्ये ३ मा जित हात पार्दै अन्तिम ३२ का लागि छनोट भएका थिए । उनले लिगमा कतारलाई ४–३, युएईलाई ४–२ र इराकलाई ४–३ ले पराजित गरेका थिए । भारत विरुद्धको खेलमा भने अंकित ४–० ले पछि परे ।

अन्तिम ३२ को प्रतिस्पर्धामा अंकितले कतारलाई ४–३ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका  थिए । प्रिक्वाटरफाइनलमा भने अंकित इरानसंग ४–० ले रोकिए । प्रतियोगितामा अंकितले ८३ अंकको ब्रेक गर्दै ४२ खेलाडी सहभागी मध्ये ११ औं स्थान हात पारे ।

अर्का खेलाडी निर्मल बोगटीले समान २–२ खेलमा जित÷हार आत्मसात गरे । उनले जोर्डनलाई ४–२ तथा कुवेतलाई ४–३ ले पन्छाएका थिए । निर्मल पाकिस्तानसंग ४–० र कतारसंग ४–३ ले चुके ।

अध्यक्ष मुल्मीले सीमित श्रोत र साधनका बावजुद खेलाडीले उच्च प्रदर्शन गरेकोमा बधाइ दिदै नेपाली खेलाडी पनि कोहि भन्दा कम नभएको सन्देश दिन सफल भएको धारणा व्यक्त गरे ।

नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघका सचिव समेत रहेका सञ्जयकुमार मुल्मीले टोली प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । संघका अनुसार प्रतियोगितामा विभिन्न १९ राष्ट्रका ४२ खेलाडीले सहभागिता जनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey