लिम्पियाद्वारा खेलाडी सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०१
  • |
  • 537 पटक हेरिएको

काठमाडौं । जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो ।

भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो । त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । उनीहरुसहित टोलीका महत्वपूर्ण सदस्य स्विकार कुन्वर पनि सम्मानित भए ।

चारैलाई प्रशंसा पत्र, खेल पोशाक, ट्रयाकसुट र प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ती प्रदान गरियो । युवा नेता अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दुधराज लामा, लिम्पियाका प्रिन्सिपल मदनराज रेग्मीलगायतले उनीहरुलाई सम्मान गरे ।

लिम्पियालाई उपाधि दिलाउन महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै लिम्पियाका हेड कोच सुनिल योञ्जन र इसीए इन्चार्ज राजकुमार दंगाललाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

केन्द्रीय सदस्य लामाले सम्मानले विद्यार्थीलाई पढाईका साथै अत्तिरिक्त क्रियाकलापमा लाग्न हौसला अभिबृद्धि गर्ने धारणा व्यक्त गरे ।

प्रिन्सिपल रेग्मीले गुणस्तरीय शिक्षासंगसंगै विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि अत्तिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइरहेको बताउदै विद्यार्थी खेलाडीहरुको मनोबल उच्च पार्न पुरस्कृत गरिएको बताए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey