Mega Bank

काठमाडौं किंग्स इलाभेनलाई शिवम् सिमेन्टको मुख्य प्रायोजन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-३१
  • |
  • 413 पटक हेरिएको

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट खेल्ने टिम काठमाडौं किंग्स इलाभेन टिमलाई शिवम् सिमेन्ट लिमिटेडले मुख्य प्रायोजन गर्ने भएको छ ।

असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुर स्थित टियु मैदानमा हुन गईरहेको बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किंग्स इलाभेनमा आबद्ध भएको हो । 

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किंग्स ११ को तर्फबाट टेली होल्डिङ्स प्रा.लि बीच सम्झौता हस्ताक्षर भएको थियो ।

शिवम्ले काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । 

टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् । 
बहुचर्चित नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किंग्स इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् । यसैगरी, सुवास खकुरेल, सिद्धान्त लोहनी र गुल्शन झासहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन् । 

अनुभवी ख्याति प्राप्त खेलाडीहरूले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाडौँ किंग्स इलाभेनले बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा खेल मार्फत सबैको मन जित्ने अटुट विश्वास लिएको छ ।  

 

भर्खरै

Advertisement