Mega Bank

८८ बर्षकाे इतिहासमा एनआरटीले पहिलाे पटक 'किट्स' प्रायाेजक भित्र्यायाे, केल्मी नेपालसँग ४ बर्षकाे सम्झाैता

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-३०
  • |
  • 404 पटक हेरिएको

हाइलाइट्स

  • आसन्न ए डिभिजन लिगका लागि खेलाडी अनुबन्धमा मोटो रकम खर्च गरेको एनआरटी यसपटक आक्रामक तरिकाले अगाडी जाने क्लवका उपाध्यक्ष नविन सुवालले बताए । 

नेपाली फुटबलको पुरानो क्लव मध्येको एक न्यूरोड टिम एनआरटीले पहिलो पटक टिमको किट्स प्रायोजक पाएको छ । केल्मी नेपालले आसन्न ए डिभिजन लिगका लागि किट्स प्रायोजन गरेकाे छ । 

८८ बर्षको क्लवको इतिहासमा एनआरटीले पहिलो पटक किट्सको प्रायोजकसँग सम्झौता गरेको हो । आसन्न ए डिभिजन लिगका लागि खेलाडी अनुबन्धमा धेरै रकम खर्च गरेको एनआरटी यसपटक आक्रामक तरिकाले अगाडि जाने क्लवका उपाध्यक्ष नविन सुवालले बताए । 

यस्तै क्लवका अध्यक्ष सुन्दर नरसिंह जोशीले केल्मीसँगको सम्झौता भविष्यमा पनि निरन्तर गर्ने चाहना रहेको बताएका थिए ।

केल्मी नेपालका नेपाल प्रतिनिधी प्रदिप न्याैपानेले एनआरटी जस्तो लामो इतिहास भएको क्लवसँग जोडिन पाउँदा निकै खुसी लागेको बताए । 

उनले यो सम्झौता चार बर्षका लागि रहेको र भविष्यमा अझ समयाअवधी बढाउने बताए । सम्झौता अनुसार केल्मी नेपालले एनआरटीलाई चाहिने सबै फुटबल किट्स उपलब्ध गराउनेछ । 

कार्यक्रममा एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठ र केल्मी नेपालका उत्तम न्याैपानेकाे पनि उपस्थिति रहेकाे थियाे । 

कार्तिकको अन्तिमबाट शुरु हुने लिगका लागि यो पटक एनआरटीले विदेशी खेलाडीका साथै घरेलु खेलाडीमा पनि धेरै रकम खर्च गरेको छ । 

 

भर्खरै

Advertisement