छैठौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता असोज १० देखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-३०
  • |
  • 809 पटक हेरिएको

छैठौं एन.भी.ए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि  १६ गतेसम्म आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै क्लब भलिबल प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । 

उक्त प्रतियोगितामा पुरुषतर्फ १२ टिमको सहभागिता रहनेछ भने महिलातर्फ ६ टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको प्रथम हुने टिमले ४ लाख, दोस्रो हुने टिमले २ लाख र तेस्रो हुने टिमले १ लाख पुरस्कार पाउनेछन्  ।

No description available.

यस्तै प्रतियोगिताको उत्कृष्ट पुुरुष/महिला खेलाडीले जनही २५/२५ हजार पुरस्कार प्राप्त गर्नेछन् । दुबै विधाका उत्कृष्ट सर्भर, लिबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १०/१० हजारका दरले पुरस्कार पाउनेछन् ।

यसका साथै यस प्रतियोगिताबाट उत्कृष्ट ७ वटा पुरुष र ५ महिला टिमलाई चैतमा आयोजना हुने छैठौं एन.भी.ए महिला तथा पुरुष भलिबल लिगमा सहभागि गराइने छ ।  

पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, ढोरपाटन स्पोर्टस क्बल, गण्डकी प्रदेश, गल्कोट स्पोटर्स क्लब, मणिमुकुन्द भलिबल क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँ बाजर सामाजिक क्लब र कर्णाली प्रदेश गरी १२ टिमको सहभागिता रहेको छ ।

यसैगरी महिलातर्फ होङवाङजी न्यू डायमण्ड क्लब, नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन क्लब, एपीएफ क्लब, एभरेष्ट क्लब बुटवल, ढोरपाटन स्पोर्टस क्लब गरी ६ टिमको सहभागिता रहने छ । 

 नेपाल भबिलल संघका महासचिव जितेन्द्र बहादुर चन्दले असोज ६ सम्म टिम दर्ता गर्ने म्याद रहेकाले टिम संख्या बढ्न सक्ने बताएका छन् । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey