लुम्बिनी फुटसलले पायो मुख्य प्रायोजक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-३०
  • |
  • 1395 पटक हेरिएको

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगका लागि लुम्बिनी फुटसल प्रा.ली लाई अमेरिकन आइटी कम्पनी ‘अल्फा विटा थिटा’ ले मुख्य प्रायोजन गरेको छ । 

असोज २ देखी २२ सम्म पोखरा रंगशालामा आयोजना हुने फुटसल लिगमा सहभागिता जनाउन लागेको लुम्बिनी फुटसलले एक कार्यक्रमको आयोजना गर्दै थिटासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

सम्झौता अनुसार लुम्बिनी फुटसलले  ४ लाख रुपैँया प्राप्त गरेको छ भने जर्सिमा अल्फा विटा थिटाको लोगो राख्नेछ । 

यसका साथै खेल पोशाक उत्पादन कम्पनी लीनिङले पनि लुम्बिनी फुटसललाई प्रयोजन गर्ने भएको छ ।

लुम्बिनी फुटसललाई लीनिङले २ लाख बराबरको खेल सामाग्री उपलब्ध गराएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey