Mega Bank

आईपीएलका २ नयाँ टिमको अक्सन अक्टोबर १७ मा 

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०५-३०
  • |
  • 918 पटक हेरिएको

विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग आईपीएलको अर्को सिजनमा १० टिमले सहभागिता जनाउने छन् ।

अहिलेसम्म ८ टिमले सहभागिता जनाउँदै आएकोमा अर्को संस्करणदेखि १० टिम हुने छन् ।

नयाँ २ टिमको टुंगो अक्टोबर १७ तारिखमा लाग्ने छ । टिम खरिद गर्नका लागि चाहनेहरुले ५ अक्टोबरसम्म प्रस्ताव पेश गर्नुपर्ने छ । 

नयाँ दुई टिमको खरिद कार्यक्रम (लिलामी) (अक्सन) दुबई या मस्कटमा हुन सक्छ ।

अक्टोबर १५ मा आईपीएलको यस सिजनको फाइनल खेल हुने छ । त्यसको २ दिन पछि लिलामी गर्न लागिएको हो ।

समाचार संस्था पीटीआईका अनुसार टिम खरिद गर्न चाहने कम्पनी वा संस्थाले शुरुमै ७५ करोड रुपैयाँ बुझाएर फर्म लिनु पर्ने छ । 

नयाँ २ टिमको न्यूनतम मूल्य २०० करोड रुपैयाँ राखिएको छ ।  

लिलामीमा कम्तिमा ५०० करोडमा टिम खरिद विक्री हुने अनुमान गरिएको छ ।

टिम खरिद गर्ने संस्थाले बर्षमा कम्तिमा ३०० करोडको टर्न ओभर गरेको हुनुपर्ने शर्त पनि राखिएको छ ।

टिम बढेसँगै २०२२ को आईपीएलमा ७४ म्याच हुने छन् ।
 

भर्खरै

Advertisement