Mega Bank

नेपाली टिम ५० ओभर टिक्न सकेन, ओमानलाई दियो १९७ रनको लक्ष्य

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-२९
  • |
  • 415 पटक हेरिएको

हाइलाइट्स

सन्दीपले आक्रामक सट प्रहार गर्दै स्कोर बोर्ड चलायमान बनाउन खोजे पनि धेरै बेर टिक्न सकेनन् । उनले १० बलमा एक छक्का र एक चौकाको मद्दतले १६ रन बनाउँदै रन आउट हुन पुगे । सन्दीप आउट हुँदा नेपालको स्कोर ४० ओभरमा ९ विकेट गुमाएर १७३ रन बनेको थियो । 

आईसीसी विश्वकप लिग टू अन्तर्गत एकदिवशीय क्रिकेटमा ओमानलाई नेपालले १९७ रनको लक्ष्य दिएको छ ।

नेपाल ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रनमा राेकिएकाे थियाे ।

नेपालका लागि आशिफ शेख १० रनले शतक बनाउन चुक्दा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रमश व्यक्तिगत २१ र २० रनमा पभेलियन फर्किएका थिए ।

अद एमिरेट मैदानमा नेपाली टिमका कप्तान मल्लले टस जितेर पहिला ब्याटिङ रोजेका थिए । 
आजको टिममा पनि कुनै परिवर्तन भने गरिएको थिएन । यसअघि अमेरिकाविरुद्ध ५ विकेटको जित निकालेको टिमै मैदान उत्रिएको थियो ।

May be an image of one or more people, people standing, people playing sports, grass and text

नेपाली टिमको ओपनिङ आज पनि कुशल भुर्तेल र आशिफ शेखले गरेका थिए । तर, आजको ओपनिङ जोडी चल्नै सकेन । टिमले खाता नै खोल्न नपाउँदै कुशल भुर्तेल आउट भएका थिए । 

विलाल खानले पभेलियनको बाटो देखाएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्ल र आशिफको जोडीले नेपालको पारि अघि बढायो ।

May be an image of 3 people, people standing and people playing sports

टिमको स्कोर ५८ रन भएका बेला नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल गुमाएको थियो । मल्लले ३३ बलमा २१ रन बनाएर बनाएर आउट हुँदा १ चौका प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले नेपालको पारि आशिफसँग मिलेर अघि बढाएका थिए । यी दुईले नेपालको स्कोर १०० रन पुर्‍याएका थिए ।

May be an image of one or more people, people standing, people playing sports and text

नेपालले २३ ओभरमा १०० रन पुरा गरेको थियो । यसबीचमा ओपनिङ आएका आशिफ शेखले ६२ बलमा अर्धशतक पुरा गरेका थिए । २४ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि नेपालले तेस्रो विकेट गुमायो । अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका रोहित ओमानविरुद्ध भने २० रन जोडेर आउट भए ।

May be an image of 2 people, people playing sports, people standing and text

उनले ३४ बल फेस गरेका थिए । लगत्तै टिमले स्कोर बोर्डमा १२ रन थप्दै ११२ रन बनाएका बेला विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी व्यक्तिगत ६ रन बनाएर आउट भए । विनोद आउटभएपछि क्रिजमा आएका सोमपाल कामी रनआउट हुँदा नेपालले पाँचौं विकेट गुमाएको थियो ।  सोमपाल रनआउट हुँदा नेपालको स्कोर ५–१३० भएको थियो । सोमपाल व्यक्तिगत १० रन बनाएर आउट भएका हुन् ।

May be an image of 2 people, people playing sports, people standing and text

छैटौं विकेटको रुपमा नेपालले कुशल मल्ललाई गुमाउनु पुग्यो । कुशल मल्ल जारी सिरिजमा चल्नै सकेका छैनन् । उनले ९ बल खेल्दा १ चौकाको मद्दतले ४ रनको योगदान गरेर फर्किएका थिए ।

सातौं विकेटको रुपमा नेपालले आशिफ शेखलाई गुमाउन पुग्यो । ओपनिङ आएका आशिफ ९० रन बनाएर खेलिरहेका बेला आउट भएका हुन् । उनी १० रनले नेपालका लागि शतक बनाउन चुके । तर, एक दिवशीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोर गर्ने खेलाडीको सूचीमा भने आशिफ परेका छन् ।

May be an image of 1 person, standing, playing a sport and text

यसभन्दा अगाडि नेपाली टिमका पूर्व कप्तान पारस खड्का रहेका छन् । खड्काले सन्यास लिइसकेका छन् । आठौं विकेटको रुपमा बिक्रम सोब २ रन बनाएर आउट भएका थिए । त्यसपछि करण केसी र सन्दीप लामिछानेले पारि अघि बढाएका थिए ।

सन्दीपले आक्रामक सट प्रहार गर्दै स्कोर बोर्ड चलायमान बनाउन खोजे पनि धेरै बेर टिक्न सकेनन् । उनले १० बलमा एक छक्का र एक चौकाको मद्दतले १६ रन बनाउँदै रन आउट हुन पुगे । सन्दीप आउट हुँदा नेपालको स्कोर ४० ओभरमा ९ विकेट गुमाएर १७३ रन बनेको थियो । नेपालले अन्तिम विकेटको रुपका करण के.सीलाई गुमाउँदै  १९६ रनमा समेटियोे । करण के.सीले २१ रन बनाउँदा ओमानका कप्तान जेशन  मक्सुदले आउट गरेका हुन् ।

ओमानका लागि विलाल खानले १० ओभरमा ४७ रन दिएर सर्वाधिक ४ विकेट लिए । नेस्टोर धाम्बाले ५ ओभरमा २५ रन दिएर २ विकेट लिँदा मोहमद नदीमले ७ ओभरमा २८ रन खर्चिएर १ विकेट हात पारे । 

भर्खरै

Advertisement