शतक गुमाउनु भन्दापनि टिमलाई याेगदान गर्नपाए त्याे महत्वपूर्ण हाे-कुशल भुर्तेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२९
  • |
  • 1012 पटक हेरिएको

हाइलाइट्स

  • कुशलले खेलपछि आफु शतकबाट चुकेको भएपछि टिमको तिज निकै महत्वपुर्ण रहेको र त्यसमा नै खुसी रहेको बताए ।
  • उनले टिमलाई महत्वपुर्ण योगदान गर्ने बेलामा आफुले गर्न पाएकोमा त्यसैमा खुसी भएको बताए । 

एकदिवशीय क्रिकेटमा पीएनजीविरुद्धको सिरिजमा डेब्यु गरेका युवा खेलाडी कुशल भुर्तेलले अमेरिकाविरुद्धको खेलमा उत्कृष्ट पारी खेल्दै एकदिवशीय क्रिकेटमा पहिलो अर्धशतक बनाए । नेपालको ओपनरका रुपमा आएर जिम्मेवारी पारि खेलेका कुशलले आशिफ शेखसँग मिलेर एकदिवशीय क्रिकेटमा कीर्तिमानी साझेदारीमात्र गरेनन्, ब्यक्तिगत उच्च स्कोरपनि गरे । 

सन् २०१९ मा यूएईविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले बनाएको ६१ रनको साझेदारीलाई तोड्दै कुशल र आशिफको जोडीले ६६ रनको साझेदारी गरे । नेपाललाई बलियो सुरुवात गराएका कुशल, आशिफ आउट भएपछि पनि रोहित पौडेलसँग ५१ रनको पार्टनरसिप गर्न सफल भए । तर कुशलले अमेरिका विरुद्ध शतकको नजिक पुगेरपछि त्यो पुरा गर्न सकेनन् । उनी ८४ रन हुँदा निसार्ग पटेलको बलमा एलबीडब्लु आउट भए । 

अम्पायरले आउट दिँदा उनी आफैले विश्वास गरेका थिएनन् । जसका कारण उनी क्रिजबाट बाहिर जाँदा पनि निकै निराश र असन्तुष्टिका साथ गएका थिए । टिमलाई बलियो स्थितीमा पुर्‍याएर आउट हुन अगाडि कुशलले ९३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । 

तिनै कुशलले खेलपछि आफु शतकबाट चुकेको भएपनि टिमको तिज निकै महत्वपुर्ण रहेको र त्यसमा नै खुसी रहेको बताए । साथै उनले टिमलाई महत्वपूर्ण योगदान गर्ने बेलामा आफुले गर्न पाएकोमा त्यसैमा खुसी भएको प्रतिक्रिया दिए ।

उनले नेपाललाई बलियो सुरुवात गराउन आशिफसँग गलत सट नखेल्ने भन्ने योजना बनाएको र त्यसमा हामी केहि हदसम्म सफल पनि भएको बताए । साथै उनले यो पारिले आफ्नो मनोबल उच्च भएको र अझ राम्रो गर्नुपर्ने र त्यसका लागि अझ मेहेनत गर्ने बताए । 

हेराैं कुशलसँगकाे कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey