'एंकलमा सेकेण्ड लेभलको टियर' भएका दिपेन्द्र ४ साता मैदान बाहिर, ईपीएल पनि पुरा खेल्न नपाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२९
  • |
  • 1254 पटक हेरिएको

हाइलाइट्स

  • दुई सातासम्म दिपेन्द्रको फिजियो गरेर हेर्ने र त्यसपछि उनलाई आरामको समय चाहिने बताएका छन ।

खुट्टाको चोट बोकेका नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी चार साता मैदान बाहिर हुने भएका छन् ।

उनको दायाँ खुट्टाको एंकलमा सेकेण्ड लेभलको टियर भएको र त्यो निको हुनका लागि चार साताको समय लाग्ने टिमका फिजियो विक्रम न्योपानेले बताएका छन् । 

दुई सातासम्म दिपेन्द्रको फिजियो गरेर हेर्ने र त्यसपछि उनलाई आरामको समय चाहिने बताएका छन् ।

यदि सबै समयअनुसार भएको खण्डमा उनी चार सातामा खेल्न योग्य हुने भएका छन् । पीएनजीसँगको दुई वटा मैत्रीपुर्ण खेल अगाडी खुट्टामा चोट बोकेका दिपेन्द्रले जारी आइसीसी विश्वकप क्रिकेट लिग टुको सिरिज नखेल्ने पक्का भइसकेको छ । 

तर अब उनको चोट समयमा नै निको नभएको खण्डमा आसन्न एभरेष्ट प्रिमियर लिग पनि गुमाउने संभावना रहेको छ ।

फिजियाले दिपेन्द्रको चोट निकै गहिरो भएको र चार पाँच वटा समस्या एकैपटक देखिएकाले उनी निको हुन केहि समय लाग्ने बताएका छन् । 

के भन्छन् टिमका फिजियाे

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey